बठिन्डामा मूल प्रवाहद्धारा रक्तिमका कलाकारहरू सम्मानित

बठिन्डा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बठिन्डा नगर समितिको आयोजनामा आईतबार १२ जनवरी २०२५ को भैलो समीक्षा, कलाकार सम्मान तथा सामुहिक सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ ।

मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले व्यानर खोलेर उद्घाटन गर्नु भएको सो समारोहमा भट्टराईले मूल प्रवाहको सामुहिक सदस्यता अभियान र कलाकारहरुको सम्मानको महत्वबारे विचार राख्नु भएको थियोे । समारोहलाई मूल प्रवाह केन्द्रीय सदस्य नर बहादुर ओली र पूर्व नगर सदस्य चन्द्र प्रसाद भुसालले पनि सम्वोधन गर्नु भएको थियो ।

समारोहमा मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुबन भट्टराई र महिला क्षेत्रीय सदस्य माया ओलीले प्रगतिशिल देउसीभैलो २०८१ का कलाकार र क्षेत्रीय प्रतियोगितामा सहभागी कलाकारहरूलाई दोसल्ला ओढाउनुको साथै प्रमाण–पत्र दिएर सम्मान गरिएको थियो । सम्मानित कलाकारहरुको नामको घोषणा केन्द्रीय सदस्य नरबहादुर ओलीले गर्नु भएको थियो ।

कार्यक्रम नारायण केसीको अध्यक्षतामा तथा गिरी मगरको सञ्चालनमा सम्पन्न भएको हो भने उपस्थिति सबैलाई बलराम जिसीले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार