मूल प्रवाह लुधियानाले गर्याे नव प्रवेशीहरुलाई स्वागत

लुधियाना । पंजाब राज्यको लुधियानामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिले आइतवार ९ फरवरी २०२५ का दिन नयाँ प्रदेशीहरुलाई स्वागत गर्नुका साथै तथा सदस्यता वितरण
गरेको छ । नगर समितिले आयोजना गरेको एक सभा बीच सो कार्यक्रम सम्पन्न गरेको हो ।

नया प्रवेशीहरुलाई सदस्यता दिएर फुलमाला लगाएर स्वागत गरिएको थियो । सो अबसरमा मूल प्रवाहका केन्द्रीय सल्लाहकार राजकुमार शाहीले सम्वोधन गर्नु भएको थियो ।

सो समारोहमा केन्द्रिय परिषद सदस्य अर्जुन कार्की र उदय सिंह चन्द, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य चक्र सिंह चन्द, समता विभागका भक्त बिक, सिटी नगर एरिया समितिका ईन्द नागरिक र लाल बहादुर नेपाली र सुनौलो युटुबर जगत नेपालीको आथित्यता रहेको थियो ।

नया प्रवेश गर्नेहरुमा किसन बलयार, करन सिंह नागरिक, जयराम कोली, प्रितम बिक, चन्द्र भुल, गोबिंद बिसी, अर्जुन सिंह नागरिक, राहुल ठगुला लगाएत रहनु भएको छ । स्मरण रहोस गत १२ जनवरी २०२५ को एकता मञ्चका दर्जनौं कार्यकर्ताहरु मूल प्रवाहमा प्रवेश गरेका थिए ।

कार्यक्रम नगर अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा तथा सचिव गोबिन्द परियारको संचालनमा सम्पन्न भएको हो भने स्वागत मानबहादुर बिकले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार