
रोपड । मूल प्रवाह रोपड नगर समितिले मूल प्रवाह निवर्तमान नगर सदस्य एंव पुर्व सचिव रोपडका सँस्थापक नेता दयाराम लामीछाने र महिला नगर सदस्य दुर्गा लामीछानेलाई मूल प्रवाहको संगठनबाट स- सम्मान विदाई गरेको छ ।
रोपडका सँस्थापक नेता लामिछाने १९९० देखि मूल प्रवाहको सदस्यता लिएर विभिन्न जिम्वेवारीहरु निरन्तर सक्रियता पुर्वक निभाउदै आउनु भएको छ। लामिछाने ३१ जनवरी २०२५ को रोपड स्थित थर्मल प्लान्टबाट सेवानिवृत भएपछि मूल प्रवाह रोपडले सम्मान सहित विदाई गरेको हो।
समारोहमा लामिछाने दम्पतीलाई मूल प्रवाह रोपड नगर समितीको तर्फबाट सामुहिक फुलमाला लगाएर प्रसंशा पत्र र स्मृतीचिन्ह प्रदान गरी शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय महिला सदस्य तुलसी थापा, महिला नगर संयोजक हरिकला कडेल, बिध्यार्थी क्षेत्रीय सदस्य प्रतीक्षा थापा, सास्कृतिक बिभागकी रुपा कार्की, महिला नगर सदस्य चन्द्रकला सापकोटा लगाएत हुनुहुन्थ्यो।
वक्ताहरुले दुबैजनालाई शुभकामना दिदै लामीछाने दम्पतीले प्रवासमा खेलेको सक्रिय भुमिका लाई अझै शशक्त पार्दै देशभित्र वर्गिय मुक्ती आन्दोलन मा अविचलीत र सक्रिय रुपमा लाग्नु हुनेछ भन्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो। कार्यक्रम भिम बहादुर कार्कीको अध्यक्षतामा तथा मदन थापाको संचालनमा सम्पन्न भएको हो भने स्वागत लाल जगनाथ कडेलले गर्नु भएको छ । दयाराम लामीछाने नवलपुर जिल्लाको गैंडाकोट नगरपालीका वार्ड नम्बर ८ कालीकाचौक निवासी हुनुहुन्छ ।