रोपडमा मूल प्रवाहले गर्यो वनभाेज

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिले कलाकारहरूलाई सम्मानका साथै वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

२०२५ फेब्रुअरी १२ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

पुरस्कार वितरण समारोहमा मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य विष्णु गुरुङ, महिला सदस्य तुलसी थापा, महिला नगर संयोजक हरिकला कँडेल, विद्यार्थीबाट क्षेत्रीय सदस्य प्रतीक्षा थापा, क्षेत्रिय सांस्कृतिक विभागकी रुपा कार्की र नगर समितिका श्यामबहादुर मल्ललगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा कलाकार, विद्यार्थी र मेसमा खटिएका साथीहरूलाई सम्मान गरिएको नगर सचिव मदन थापाले बताउनुभएको छ।

भीमबहादुर कार्कीको अध्यक्षता, मदन थापाको सञ्चालन र स्वागत लाल भक्तबहादुर रानाले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार