
अम्बाला । भारतको हरियाणा राज्यको अम्बालामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको कार्यक्रम आज ८ मार्च २०२५ को भव्यरुपमा सम्पन्न भएको छ ।
मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय महिला विभागकी सदस्य अन्जु सुवेदी, मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य लक्ष्मण अर्याल र अम्बला नगर समितिका बल बहादुर र महिला संयोजक रेश्मा केसी लगायलतले गहकिला विचार राख्दै महिला दिवशको कार्यक्रमको महत्वबारे प्रकाश पार्नु भएको थियो।
कार्यक्रम रिखि देवीको अध्यक्षतामा तथा प्रेम रसालीको संचालनमा सम्पन्न भएको हो ।















