
श्रीगंगानगर । भारतको राजस्थान राज्यको श्रीगंगानगरमा सडक दुर्घटनामा परी गम्भीर घाईते सुरज भुसाल वर्ष २४ को उपचारार्थ मूल प्रवाहले ८ मार्च २०२५ का दिन नेरु साठि हजार आर्थिक सहयोग गरेको छ।
प्युठान जिल्लाको झिमरुक गाउँपालीका ६ अर्गेली स्थायी निवासी माधुलाल भुसालको छोरा सुरज भुसाल गत १७ सेप्टेम्बर २०२४ को मोटरसाइकल दुर्घटनामा परि दुबै खुट्टा गुमाएका पिडित हुन् । पिडित सुरज भुसालको आर्थिक अवश्था कमजोर रहेको थाहा पाएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिले आर्थिक संकलन गरि भुसाललाई उपचारार्थ भारु ३७५१० अर्थात नेरु साठि हजार सोर रुपैयाँ सहयोग गरेको हो ।
पिडितलाई मूल प्रवाह केन्द्रीय सचीव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्य कृष्ण जीसी, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवं नगर अध्यक्ष गिरुप्रसाद न्यौंपाने, महिला क्षेत्रीय सदस्य बसन्ता नेपाली, समता क्षेत्रीय संयोजक हुम बहादुर बिक लगाएतका कार्यकर्ताहरूले संकलित रकम पिडितको आमा कमला भुसाललाई हस्तान्तरण गरेका थिए ।
















