
लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति लुधियानाले किडनी पिडित नारद नेपालीलाई नेरु ७४५८५र सहयोग संकलन गरि ९ मार्च २०२५ का दिन हस्तान्तरण गरेको छ ।
मूल प्रवाह लुधियाना सिटि नगर समितिद्धारा संचालित हेवोवाल एरिया समिति अध्यक्ष ईन्द्र सिंह नागरीको विषेश पहल एव सक्रियतामा आर्थिक रुपमा अति विपन्न नारद नेपालीको उपचारार्थ उक्त रकम संकलन गरिएको हो ।
संकलित रकम नेरु ७४५८५ मूल प्रवाहका केन्द्रीय सचिव कुल बहादुर बगाले, केन्द्रीय सदस्य दिनेश खड्का र लुधियाना सिटि नगरका नेताहरु र एरिया अध्यक्ष ईन्द्र सिंह नागरी लगाएतको प्रतिनिधि मण्डललेले पिडितलाई हस्तान्तरण गरेको हो ।
पिडित नारद नेपाली डोटी जिल्लाको केआईसिंह गाउँपालिका वार्ड नं २ स्थाई निवासी हुन् ।