लुधियानामा ऐक्यवद्धता कार्यक्रम सहित नव प्रवेशीहरुलाई स्वागत

लुधियान । भारतको पंजाब राज्यको लुधियानामा राजमोको आयोजनामा चैत्र २४ गते देखि शुरु हुने संघीयता विरुद्धको काठमाण्डौं केन्द्रीत आन्दोलनप्रति प्रचारात्मक तथा ऐक्यवद्धता सभा सम्पन्न भएको छ । सोही अवसरमा मूल प्रवाहमा नव प्रवेशीहरुलाई स्वागत पनि गरिएको थियो ।

मूल प्रवाह लुधियाना सिटि र फोकलपाईन्ट नगरले संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्काले प्रमुख अतिथीको आसनबाट सम्वोधन गर्दै मूल प्रवाहको संगठनको गरिमामय दायित्व र नेपालमा संघीयता विरुद्धको काठमाण्डौं केन्द्रीत आन्दोलनको ऐतिहासिक महत्वबारे प्रकाश पार्नु भएको थियो ।

अर्का अतिथि मूल प्रवाह केन्द्रीय सचीव कुल बहादुर बगालेले सम्वोधन काठमाडौं केन्द्रीत संघीयता खारेजीको आन्दोलनमा चैत्र २४ देखि ३० सम्म सहभागी हुन र आर्थिक, नैतिक सहयोग गर्न समेत आव्हान गर्नु भएको थियो ।

एघारजना मूल प्रवाहमा नव प्रवेशीहरु रोहित आउजी, सिद्र सिंह आउजी, किसन परियार, उदय सिंह आउजी, नयन आउजी, ईश्वरी सिंह, सुनिता आउजी, विक्रम आउजी, रमेश नेपाली, झन्टे तिरुवा, उजले तिरुवालाई अबीर र टिका लगाएर स्वागत गरिएको थियो।

सभामा केन्द्रीय बैकल्पिक सदस्य रामचन्द्र पौडेल, केन्द्रीय सल्लाहकार राजकुमार शाही, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य राज कुमार अधिकारी र उदय सिंह चन्द, अर्जुन कार्की, महिला क्षेत्रीय सदस्यहरु बसन्ती थापा र दिपा चन्द, एरिया अध्यक्ष ईन्द्र सिह नागरी लगाएतले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम बिनीराम पुरीको अध्यक्षता तथा गोविन्द परियारको सञ्चालन र मान बहादुर थापाले स्वागत मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार