
अम्बाला । भारतको हरियाणा राज्यको अम्बालाबाट पिपली जाने क्रममा २७ फरवरी २०२५ देखि लापत्ता युवक रामु सार्कि वर्ष ३५ को मूल प्रवाहले खोज तलास शुरु गरेको छ ।
प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वार्ड नं १ चुजा अर्वाङ निवासी डम्बरे सार्किको छोरा वर्ष ३५ का रामु सार्कि लापत्ता भएपछि सर्वत्र खोज्दा कहि नभेटे पछि उनका साला अर्जुन परियारले मूल प्रवाहलाई खोज तलासमा सहयोग गर्न आग्रह गरेका हुन् ।
उनि भेटिएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा अथवा अर्जुन परियार ९५०६१२८०५३ र ९०१५२५६२९५ सुरेशलाई सम्पर्क गर्न अनुरोध गरिन्छ ।