हिसारमा मूल प्रवाहको टोल समिति गठन

हिसार । भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति गठन भएको छ ।

मूल प्रवाहको इन्डस्ट्रियल एरिया समितिअन्तर्गत तारानगरमा सम्पन्न भेलाले १३ सदस्यीय टोल समिति गठन गरेको हो ।

मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिकिा कोषाध्यक्ष तथा हिसार नगर समितिका अध्यक्ष बाबुराम पोख्रेल, क्षेत्रीय सदस्य सुरेश क्षेत्री, महिला नगर संयोजक दुर्गा ज्ञवाली, नगर सदस्य पवित्रा टन्डनको विषेश उपस्थितिमा सो समिति गठन गरिएको हो ।

समितिको अध्यक्षमा गीता थापा, सचिवमा ऋतु पाण्डे र कोषाध्यक्षमा रानु थापा रहनुभएको छ ।

त्यस्तै, सदस्यमा गङ्गा पाण्डे, पार्वती पुन, मीना पुनमगर, कमला पौडेल, नारायण पान्डे, हुमबहादुर पुनमगर, बाबुराम पौडेल, शकुन्तला र केशव पाण्डे रहनुभएको छ भने समितिको एक रिक्त स्थान राखिएको छ ।

नवनिर्वाचित समितिलाई अतिथिहरूले बधाई एवम् शुभकामना दिनुभएको थियो ।

कार्यक्रम गङ्गा पाण्डेको अध्यक्षतामा तथा दुर्गा ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार