बिकानेरमा मूल प्रवाहको एरिया समिति गठन

बिकानेर । भारत राजस्थानको बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया समिति गठन भएको छ ।

मार्च २३, २०२५ का दिन पटेलनगरमा सम्पन्न भेलाले एरिया समिति गठन गरेको हो ।

सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य रामप्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा समसामयिक विषयमा व्यापक चर्चा गरिएको थियो ।

नवगठित समितिको नामावली नगर समितिका बलबहादुर रानाले घोषणा गर्नुभएको थियो ।

भेलाले बखतबहादुर सलामीमगर अध्यक्ष रहनुभएको १३ पूर्ण, दुई वैकल्पिक र दुई सल्लाहकार गरी जम्मा १७ सदस्यीय एरिया समिति गठन गरेको छ

समितिको उपाध्यक्षमा किसन विक, सचिवमा बिस्नु विक, सहसचिवमा प्रकाश मगर र कोषाध्यक्ष लक्ष्मी मगर तथा सदस्यमा जवानसिंह विक, नारायण विक, कल्पना विक, कृष्ण मगर, सूर्य विक, नारायण विक, कमला विक र बसन्ती विक रहनुभएको छ ।

त्यस्तै, वैकल्पिक सदस्यमा शङ्कर विक र राधा मगर तथा सल्लाहकारमा नयाँराम टमाटा र जगत सलामीमगर रहनुभएको छ ।

समितिलाई बधाइ एवम् शुभकामना दिने वक्तामा महिला सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य सबिता खनाल र मूल प्रवाहका पारस पराजुली, लोकबहादुर पाण्डेलगाएत हुनुहुन्थ्यो।

भेला राजु विकको सञ्चालन, विशाल अधिकारीको अध्यक्षता र उषा विकको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार