संगरुरमा संघियता खारेजीको आन्दोलन प्रति ऐक्यवद्धता सभा

संगरुर । भारतको पंजाब राज्यको संगरुरमा राजमोको आयोजनामा चैत्र २४ गते देखि शुरु हुने संघियता विरुद्धको काठमाण्डौं केन्द्रीत आन्दोलनप्रति मूल प्रवाह संगरुर नगर समितिको आयोजनामा प्रचारात्मक तथा ऐक्यवद्धता सभा २६ मार्च २०२५ को सम्पन्न भएको छ।

उक्त सभामा संघियता विरुद्धको काठमाण्डौं केन्द्रीत आन्दोलनको ऐतिहासिक महत्वबारे वक्ताहरुले सम्वोधन गर्नु भएको थियोे ।

सभालाई मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय महिला सदस्य लक्ष्मी खनाल र मन्जु शर्मा, सास्कृतिक बिभागका राजु खनाल, बाबुराम परियार, रामजी भुसाल, सरिता भुसाल, पवित्रा बस्याल लगाएतले सम्वोधन गर्नु भएको थियोे।

सभा गुणानिधी आचार्यको अध्यक्षतामा तथा राम प्रसाद खनालको संचालनमा सम्पन्न भएको हो भने स्वागत लक्ष्मी बिष्टले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार