चेन्नै पश्चिममा मूल प्रवाहको एरिया भेला

चेन्नै । चेन्नैको कोयम्बेडु एरियामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको बिसौँ सम्मेलनपछिको प्रथम भेला सम्पन्न भएको छ ।

केन्द्रीय सदस्य केशमान नेपालीको प्रमुख आतिथ्यमा अप्रैल ६, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

एकादेव शर्माको अध्यक्षता तथा किशोर शर्माको सञ्चालनमा अघि बढेको सो उक्त भेलामा दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य तथा चेन्नई पश्चिम नगर समितिका अध्यक्ष बुद्धिराम पौडेल र क्षेत्रीय सल्लाहकार तथा चेन्नई पश्चिम नगर सचिवालय सदस्य नेत्रलाल शर्माको पनि आतिथ्य रहेको थियो ।

कमला शर्माले स्वागत मन्तव्यसँगै अघि बढेको भेलाद्वारा निर्वाचित समितिको घोषणा नयाँ कार्यसमितिको प्यानल नगर अध्यक्ष बुद्धिराम पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्षमा शर्मा
भेलाले किशोर शर्मा अध्यक्ष रहनुभएको १९ सदस्यीय एरिया समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा एकादेव शर्मा, सचिवमा घनश्याम थापा, सहसचिवमा मोहन बुढा र कोषाध्यक्षमा कमला शर्मा रहनुभएको छ ।

त्यस्तै, सदस्यमा महेन्द्र बोगटी, मीनबहादुर क्षेत्री, फुरमान विक, चन्द्रबहादुर थापा, आरती पुन, विक्रमसिंह ठकुरी, गोविन्द शर्मा र राजु नेपाली रहनुभएको छ ।

समितिमा वैकल्पिक सदस्य ओविराम विक, ईश्वर नेपाली, धनुष विश्वकर्मा तथा सल्लाहकारमा विजय परियार, मीनाकुमारी खत्री र दिलबहादुर विक रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार