
चन्डिगढ । भारतको हरियाणा हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति गठन भएको छ । हिसार नगर समितिद्वारा सञ्चालित सिटी एरिया समिति बीअन्तर्गत तेजा मार्केटमा अप्रैल १९, २०२५ का दिन सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
केन्द्रीय परिषद सदस्य केयरसिह घर्ती, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य सुरेश क्षेत्री, महिला क्षेत्रीय सदस्य कमला बगाले र नगर महिला विभाग संयोजक दुर्गा ज्ञवालीको विशेष उपस्थितिमा भेला सम्पन्न भएको थियो ।
मूल प्रवाहको विधान र घोषणापत्रमाथि छलफलपश्चात् भेलाले रामबहादुर थापा अध्यक्ष रहनुभएको १३ सदस्यीय टोल समिति गठन गरेको छ ।
समितिको सचिवमा सीता शर्मा, कोषाध्यक्षमा पद्मा थापा तथा सदस्यमा धनबहादुर पुन, माया पुन, रामी थापा, सोनिया थापा, शङ्कर थापा, प्रबिन थापा, निर्मला रासकोटी, धनबहादुर रासकोटी, मुकेश थापा र प्रेम थापा रहनुभएको छ ।
कार्यक्रम माया पुनको अध्यक्षता तथा सीता शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।