चेन्नईमा लेनिन दिवस तथा कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवस मनाइयो

चेन्नई । अन्तर्राष्ट्रिय ऐक्यवद्धताको लागि नेपाली जनताको मञ्चको आयोजनामा १५६औं लेनिन दिवस तथा ७७औं नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस कार्यक्रम सम्पन्न पारिएको छ ।

मूल प्रवाह चेन्नई पश्चिम नगर उपाध्यक्ष प्रकाश बहादुर नेपालीको अध्यक्षता चेन्नई पश्चिम नगर समितिका सचिव किशोर शर्माको सञ्चालन र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य केशमान नेपालीको प्रमुख आतित्थ्यता रहेको थियो ।

ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारणा पश्चात उपस्थित जनमानसलाई रक्तिम सांस्कृतिक बिभागका चेन्नई पश्चिम नगरका संयोजक डिल बहादुर जिएमले शब्दबाट स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केशमान नेपालीले सर्वहारा वर्गका महान गुरु लेनिनको बारेमा र विश्व बर्ग संघर्ष र समाज परिवर्तनको लागि वहाँको योगदानको बारेमा प्रष्ट पार्नुभएको थियो । नेकपाको स्थापना भएपछि देश भित्र बिभिन्न प्रकारका परिवर्तनका संघर्षहरु भए पनि वास्तविक जनताको जीवनस्तर तथा राष्ट्रियता र जनजीवनको सवालमा खासै परिवर्तन हुन नसकेको टिप्पणी गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा महिला विभाग कमला शर्मा, कमला नेपाली, हिमा जिएम लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार