
चंडिगढ । अन्तर्राष्ट्रिय एकताको लागी प्रवासी नेपाली जनताको मंच चंडिगढको आयोजनामा आज मंगलवार २२ अप्रेल २०२५ को नेकपाको ७७ औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५६ औ जन्मदिवश समारोहको कार्यक्रम भव्य र सानदार रुपमा सम्पन्न गरिएको छ।
कार्यक्रमलाइ सम्वोधन गर्दै प्रमुख अतिथि मूलप्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले मार्क्सवादलाई समाजवादी क्रान्तिमा व्यावहारिकरण गर्ने महानायक रहेको बताउदै वर्तमान परिवेशमा माक्शवाद लेनीनवाद तथा माओविचारधाराको रक्षाको आवश्यकता बढेर गएको धारणा राख्नु भएको थियो।
सभामा सम्वोधन गर्ने अन्य वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य एंव नेपाली समाचारका संयोजक खिमराज चालीसे, मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य जुना चालिसे, नगर सचिव थानेश्वर पाण्डे, जनजाति विभागका प्रेम गुरुङ, सास्कृतिक विभागका सरस्वता भुसाल, महिला क्षेत्रिय सदस्यहरु सिमा खडका, जमुना खनाल, मन्जु सुनार र बिष्णु अर्याल, समता विभागका लिला बिक लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम दुर्गा बिकको संचालनमा तथा थमन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत लक्ष्मी अधिकारीले गर्नुभएको हो ।