दुर्घटना पिडित राजुलाई मूल प्रवाहले गर्यो आर्थिक सहयोग

चंडिगढ । भारतको पंजाब राज्यको मोहाली सेक्टर ८२ मा दुर्घटनामा परी गम्भीर घाईते राजु केसी वर्ष २६ लाई १ जुन २०२५ को मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिले उपचारका लागि भनि नेरु २२०८०/– आर्थिक सहयोग गरेको छ ।

गत १७ मई २०२५ का दिन दुर्घटनामा परी बेबारिसे अवश्थामा कुनै अपरिचित व्यक्तिले सिवील अस्पताल मोहालीको एमर्जेन्सीमा भर्ना गरेको थाहा पाएपछि राजु केसीको अवस्थाबारे मूल प्रवाह चंडिगढले अस्पतालमा पुगी आवश्यक जाँचबुझ तथा दैनिक भेटघाट गरिरहेको थियो ।

जाँचबुझको दौरानमा राजु केसीको घरको आर्थिक अवस्था कमजोर रहेको थाहा लागे पछि मूल प्रवाह चंडिगढका कार्यकर्ताहरुले आर्थिक संकलन गरि अप्रेशनको लागि नेरू २२०८० सहयोग गरेका हुन् ।

पिडित राजुलाई मूल प्रवाहका नगर अध्यक्ष मान बहादुर केसी, उपाध्यक्ष प्रेम गुरुङ, नगर सदस्यहरु किसन खनाल, लीला बिक र निमानन्द आचार्य सहितको टिमले अस्पतालमा पुगी सहयोग हस्तान्तरण गरेको हो ।

राजु केसी प्युठान जिल्लाको गौमुखी गाउँपालिका ५ सुन्दर मेला निवासी हुन् । उनी दुर्घटनामा पर्नु भन्दा तिन दिन पहिला मात्र मोहालीमा आएको थाहा लागेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार