
अम्बाला । हरियाणा राज्यको अम्बालामा ट्रेनको चपेटामा आएर ७४ वर्षिय लाल बहादुर नेपालीको ४ जुन २०२५ को दुखद निधन भएको छ।
अम्बाला स्थित बलदेब नगर फाटकमा रेलको चपेटामा आएका लालबहादुर नेपाली, मूल प्रवाहका गतिविधिलाई सहयोग गरिरहने सक्रिय सदस्य एवं भारतीय प्रहरीबाट सेवानिवृत व्याक्ति हुन् ।
उनको दुखद निधन पछि मूल प्रवाह अम्बाला नगर समितिले ६ जुन २०२५ को दाहसंस्कार पछि शोक सभा सम्पन्न गरेको छ । शोक सभा कमल सुवेदीको अध्यक्षतामा एवं प्रेम रसाइलीको संचालनमा सम्पन्न भएको प्रेम रसालीले बताउनु भएको छ।
प्युठान जिल्लाको मल्लारानी गाउँपालिका ४ सारीवाङ, निवासी दिवांगत चित्र बहादुर नेपालीको छोरा मृतक लालबहादुर जागिरबाट सेवानिवृत भएपछि श्रीमति बिमा नेपालीसँगै अम्बालामा बस्दै आइरहेका थिए ।
















