साउदी एकता समाजद्वारा ठाकुर पौडेलप्रति श्रद्धाञ्जली

काठमाडौँ । साउदी अरब नेपाली एकता समाजले भूतपूर्व केन्द्रीय सदस्य ठाकुर पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

महासचिव हरिप्रसाद शर्माको हस्ताक्षरमा २०८२ जेठ २२ गते बिहीबार शोकवक्तव्य सार्वजनिक गर्दै समाजले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो ।

शोकवक्तव्यमा समाजले उहाँको निधनबाट मजदुरको न्यायपूर्ण आन्दोलनलाई अपूरणीय क्षति भएको बताइएको छ ।

४६ वर्षीय पौडेल सउदी एकता समाजको पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

प्युठान जिल्ला, मल्लरानी गाउँपालिका–३ बर्बोट निवासी पौडेल भारत पन्जाबको सङ्गरुरस्थित कोठामा सुतिरहेकै अवस्थामा जेठ २० गते आसमयिक निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार