
चेन्नै । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता उमानन्द चालिसेलाई बिदाई गरिएको छ ।
जुन १५, २०२५ का दिन एक औपचारिक कार्यक्रमको आयोजना गर्दै मूल प्रवाह चेन्नै पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिले चालिसेलाई बिदाई गरेका हुन् ।
कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्यहरू केशमान नेपाली, काशीराम शर्मा, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्यहरू जीवन शर्मा, बुद्विराम पौडेल, मूल प्रवाहका अन्य नेताहरू खगराज आचार्य, किशोर शर्मा, रोमबहादुर सापकोटा, रुकमणि परियार, डिलबहादुर जिएम, चेन्नै पश्चिम नगर समितिका शशि थापा, चेन्नै दक्षिणका सहसचिव भीमलाल पौडेल, चेन्नै पश्चिमका उपाध्यक्ष प्रकाश नेपालीलगायतले मन्तव्य राख्नुभएको थियो ।
चेन्नै दक्षिणका अध्यक्ष खगराज आचार्यको अध्यक्षता, चेन्नै पश्चिमका सचिव किशोर शर्माको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई चेन्नै पूर्वकी रुकमिनी परियारले शब्दबाट तथा सांस्कृतिक विभागका कलाकारद्वारा स्वागत गरिएको थियो ।
मूल प्रवाहका नेता चालिसे बागलुङ जैमिनी–७ जैदी घर भई हाल रुपन्देहीको कञ्चन गाउँपालिका–२ बसाइँ गर्नुभएको थियो । भारतलाई कर्मथलो बनाई उहाँले हैदरावादबाट सन् १९८४ मा मूल प्रवाहको सदस्यता ग्रहण गरी निरन्तर सक्रिय हुनुहुन्थ्यो ।

















