मृगौला पीडितलाई मूल प्रवाहले गर्यो आर्थिक सहयोग

  • खिमराज चालिसे,
  • चन्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पंजाब राज्यको पटियालामा मृगौला पीडित गोपाल सुनारलाई हिजो ८ जुलाई २०२५ को आर्थिक सहयोग गरेको छ ।

    प्युठान जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६, लिबाङ्ग घर भई हाल पटियालामा कार्यरत गोपाल सुनारको आर्थिक स्थिति कमजोर भएको कारण पटियालानगर समितिले नगद रु १६४८० सहयोग सङ्कलन गरी सहयोग गरेको हो ।

    सुनार उपचारार्थ प्रथम चरणमा सङ्कलित रकम नगर अध्यक्ष विष्णुप्रसाद भुसाल र नगरका नेताहरू अर्जुन केसी, नकुल मल्ल, प्रेम सुनार, विष्णु भुसाल र सिताराम आरसीसमेतको टिम अस्पतालमा पुगेर पीडितको बहिनीलाई सहयोग हस्तान्तरण गरेको थियो ।

    मूल प्रवाह पटियाला नगर समितिले अझै केही समयको लागि सहयोग सङ्कलनलाई निरन्तरता दिने नगर सदस्य सिताराम आरसीले बताउनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार