
चन्डिगढ । मूल प्रवाह रोपड नगर समितिले ३ अगस्त २०२५ को प्रेम सापकोटा र सिता सापकोटालाई मूल प्रवाहको संगठनबाट ससम्मान विदाई गरेको छ ।
रोपडमा सन १९९० देखि मूल प्रवाहको सदस्यता लिएर विभिन्न जिम्वेवारीहरू निरन्तर सक्रियता पूर्वक निभाउँदै आउनु भएका निवर्तमान केन्द्रीय सचिव एवम् क्षेत्रीय अध्यक्ष तथा नगर सल्लाहकार प्रेम सापकोटा र महिला क्षेत्रीय संयोजक सीता सापकोटालाई पिएसपिसीएलबाट सेवानिवृत्तपछि मूल प्रवाह रोपडले सम्मानसहित बिदाई गरेको हो।
बिदाई समारोहमा सापकोटा दम्पतीलाई मूल प्रवाह रोपड नगर समितिको तर्फबाट सामुहिक फुलमाला लगाएर प्रसंशा पत्र र स्मृतिचिन्ह प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिने वक्तारूमा मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य बिलबहादुर गुरुङ, राजमो नवलपुरका छबिलाल सापकोटा, नगरका नेताहरू श्यामबहादुर मल्ल, दयाराम लामिछाने, लक्ष्मी गुरुङ, रुपा कार्की, हरिकला कँडेल, विष्नु थापा, गौरव मल्ल, जगनाथ कँडेल, क्षेत्रीय सदस्य प्रतिक्षा थापालगाएतले सापकोटा दम्पतिको साङ्ठनिक योगदानको चर्चा गर्दै मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम भिमबहादुर कार्कीको अध्यक्षतामा तथा मदन थापाको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत भक्तबहादुर रानाले गर्नुभएको थियो ।
सापकोटा दम्पति नेपालको नवलपुर जिल्लाको गैडाकोट नगरपालिका वार्ड नम्बर ७ स्थाई निवासी हुनुहुन्छ ।
















