
खिमराज चालिसे
चंडीगढ़
मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धर र पटियालामा २०८२ सालको प्रगतिशील तिजी कार्यक्रम हिजो आईतवार २४ अगस्त २०२५ को दुबै नगरहरुमा भव्य रूपमा सम्पन्न भएको छ।
“प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागी संघर्ष गरौं ” भन्ने मूल नाराका साथ सम्पन्न जालन्धर नगरको तिजी समारोहको उदघाटन मूल प्रवाहका केन्द्रीय सचिव कुल बहादुर बगालेले दिप प्रज्वलित गरेर गर्नु भएको थियो।
कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य धन बहादुर गोर्खाली, केन्द्रीय सल्लाहकार जीतमान थापा, केन्द्रीय महिला सदस्य शुष्मा खड्का, केन्द्रीय परिषद सद्स्य लक्ष्मण खड्का र जमुना गाहा क्षेत्रीय सदस्य हिम प्रसाद सुनाम, महिला सदस्य मीना थापा, इन्दिरा कुँवर, लक्ष्मी थापा, रमा बिष्ट र क्षेत्रीय साँस्कृतिक टोली सदस्यहरु रोशनी बस्याल र सर्मिला सापकोटा नगर समितीका लक्ष्मण केसी, नन्द राम मल्ल, नेपाली समाजका हिरामणी बिसी, प्रवासी संघका राजु केसी, शखपुष्पी टुरिजम्बका रेशम श्रेष्ठ, माता सुपा टुर एन्ड ट्राबल्सका गोविन्द जीसी, रारा टुरिजमका शेर बहादुर पुन चक्र बहादुर घर्ती लगाएतको आतिथ्यता रहेको थियो।
कार्यक्रम रमा बिष्टको संचालनमा तथा मीना बगालेको अध्यक्षतामा सम्पन्न भएको हो भने लक्ष्मी थापा र सास्कृतिक कलाकारहरुले स्वागत गर्नु भएको थियो। समारोहमा दिनभर महिलाहरुले प्रगतिशील तिजका गित नृत्य प्रस्तुत गर्नु भएको थियो।

पटियाला
=======
मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको पटियालामा २०८२ सालको प्रगतिशील तिजी कार्यक्रम हिजो आईतवार २४ अगस्त २०२५ को मूल प्रवाह केन्द्रीय सदस्य तिलक पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
समारोहमा मूल प्रवाह केन्द्रीय बैकल्पिक सदस्य प्रेम आचार्य, महिला क्षेत्रिय संयोजक माया आचार्य, क्षेत्रिय सदस्य एवं नगर अध्यक्ष बिष्णु भुसाल, महिला क्षेत्रिय सदस्य बिमला बन्जाडे, सांस्कृतिक संयोजक सिमा गुरुङ, मूल प्रवाह डेराबस्सी पंचकुला नगरका पुरन थापा, महिला नगर सदस्य कुमारी थापा विभिन्न सामाजिक व।व्याक्तित्वहरु मोदनाथ शर्मा, सालिकराम पौडेल, चन्द बहादुर, कृष्ण काफ्ले, हेमराज पौडेल, सुरेन्द्र भुसाल, चिन्ता मणी घिमिरे, शिवरथ सुनार, पार्वती घिमीरे, राधा बोहरा, लक्ष्मण कुमार लगाएतको आतिथ्यता रहेको थियो।
कार्यक्रम गोपाल सापकोटाको संचालनमा तथा बिमला रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो भने सिमा गुरुङ र सास्कृतिक कलाकारहरुले स्वागत गर्नु भएको थियो।

















