
खिमराज चालिसे चंडीगढ़,
मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको कालाआम्बमा २०८२ सालको प्रगतिशील तिजी कार्यक्रम हिजो मंगलवार २६ अगस्त २०२५ को भव्य रूपमा सम्पन्न भएको छ। समारोहको उदघाटन महिला वरिष्ठ नागरिक तथा मूल प्रवाहका सदस्यहरु माया अधिकारी, सुमन बुढाथोकि, अन्जु काल्चे र कमला राजले सम्युक्त रुपमा मैनबत्ती बालेर गर्नु भएको थियो। विभिन्न खेलकूद तथा सांस्कृतिक कार्यक्रम सहित तिज भव्य रुपमा सम्पन्न भएको बलराज काल्चेले बताउनु भएको छ। तिजी कार्यक्रम बलराज काल्चेको अध्यक्षतामा तथा सरिता खत्रीको संचालनमा सम्पन्न भएको थियो भने सितल भन्डारी र कलाकारहरुले स्वागत गरेका थिए ।

















