मूल प्रवाहका नेता शंकरलाल गौतमको श्रद्धांजलि सभा ।

खिमराज चालिसे

चंडीगढ़, 15 सेप्टेंबर 2025 , भारतको हरियाणा राज्यको सिरसामा कार्यरत मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्षेत्रिय सदस्य एवं नगर कोषाध्यक्ष शंकरलाल गौतमको आज सोमवार 15 सेप्टेंबर 2025 को दाह-संस्कार पछि श्रद्धांजलि सभा सम्पन्न भएको छ। स्मृति शेष शंकरलालको शवमा मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईले मूल प्रवाहको झन्डा ओढाएर श्रद्धांजलि दिनु भएको थियो ।

मन्तव्यमा ”शोक सभामा नेकपा(मसाल) पश्चिमोत्तर जिल्ला समितिको तर्फबाट का. उदयले पठाएको मन्तव्य पढेर सुनाईएको थियो । झिमरूक गा.पा. 3 सिस्नेपानी, प्युठान घर भई भारतको हरियाणा सिरसामा अस्थाई बसोबास गर्दै आउनु भएका कामरेड शंकर गौतमको हिजो 14 सितम्बर 2025 का दिन दुखद निधन भएको छ । वहाँ नेपाल कम्युनिष्ट पार्टी (मसाल)को सदस्य समेत हुनु हुन्थ्यो र पार्टीको जनवर्गिय संगठन मूलप्रवाहका विभिन्न जिम्मेवारीहरूलाई सकृय रूपमा निर्वाह गर्दै आउनु भएको थियो । का. शंकर गौतमको निधनले पार्टी संगठनमा क्षति पुगेको छ ।

वहाँ लामो समय देखि अस्वस्थ हुनु हुनथ्यो । हालै वहाँको मेरूदण्डको शल्यक्रिया भएको र त्यस पछि स्वाथ्य स्थिती झन जटिल बन्दै गएकोले गुरूग्राममा उपचाररत हुनुहुन्थ्यो ।
हामी का. शंकर गौतमको मृत्य प्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक सम्वेदना प्रकट गर्दछौँ ।“
शोक सभामा श्रद्धांजलि दिने नेताहरुमा केन्द्रीय सल्लाहकार राम बहादुर गौतम, क्षेत्रिय कोषाध्यक्ष बाबुराम पोख्रेल, हिसार नगरका मन बहादुर घर्ती मगर पश्चिमोत्तर क्षेत्रका समुन्द्र गौतम, कमला गौतम, रोहतकका शरण गौतम, सोनिपतका सेर सिह बराल, भिवानीका स्याम बिक, बिबी कोपिला, शंकर बिक, प्रवास बिक, गोविंद बिक, सोनिपतका मदन गौतम, गुड़गांवका बिनोद बिक र भिमा बिक लगाएतले श्रद्धांजलि दिनु भएको थियो । बुबा भूम बहादुर सुनार र आमा तुलसा कुमारी सुनारको कोखबाट 2020-5-8 को जन्मेका नेता शंकरलाल 1992 देखि मूल प्रवाहको सदस्यता लिएर निरन्तर क्रियाशील रहदै आउनु भएको थियो ।

श्रद्धांजलि सभा सुरेश बिकको अध्यक्षतामा तथा रवि बिकको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार