जालन्धरमा विद्यार्थी संघको नगर भेला तिजी समिक्षा सम्पन्न ।

खिमराज चालिसे
चंडीगढ़

भारतको पंजाब राज्यको जालन्धरमा अखिल भारत नेपाली विद्यार्थी संघको नगर भेला एवं २०८२ को प्रगतिशील हरितालिका तिजको समिक्षा कार्यक्रम हिजो आईतवार 14 सेप्टेंबर 2025मा भव्य रुपमा सम्पन्न भएको छ।

भेलाले शिखर गाहाको अध्यक्षतामा 21 पूर्ण र 7 वैकल्पिक सदस्य गरि 28 सदस्यीय विद्यार्थी नगर संगठन समिति चयन गरेको छ ।जस्मा उपाध्यक्ष लक्ष्मी परियार सचीव विवेक थापा सहसचिव अनु विक, कोषाध्यक्ष कविता थापा, सदस्यहरुमा क्रमशः लक्की गाहा, सन्तोषी परियार, सन्दीप बगाले, ज्ञानु दर्लामी, सविता सोमै, नेति सोमै, शान्ति बिक, सुशील बस्याल, अनुभव सापकोटा, चांदनी थापा, सुदन खत्री, अमृता बिष्ट, रितिका मल्ल, सरिता बिक, प्रदीप रेग्मी वैकल्पिक सदस्यहरुमा दुर्गा बिक, मनिषा बिक, नवीन रेश्मी, माया घर्ति, प्रशान्त रेग्मी, रितु रेग्मी, अभिराज परियार, विनोद बगाले, रिद्दिमा आचार्य हुनुहुन्छ।

नवनिर्वाचित विद्यार्थी समितिको प्यानल मूल प्रवाह नगर समिति सचिवालय सदस्य लक्ष्मण कार्कीले प्रस्तुत गर्नु भएको थियो ।

विद्यार्थी संघको नगर भेला तथा तिजी कार्यक्रम 2025 को समिक्षा भेलाको संयुक्त कार्यक्रमको उदघाटन उदघाटन मूल प्रवाहका केन्द्रिय सचिव एवं क्षेत्रीय सचिव कुल बहादुर बगालेले गर्नु भएको थियो । बगालेले विद्यार्थी संघको आवश्यकता र प्रगतिशील तिजबारे विचार राख्नु भएको थियो।

भेलामा मूल प्रवाह केन्द्रिय वैकल्पिक सदस्य धन बहादुर गोर्खाली, केन्द्रिय सल्लाह जितमान थापा, केन्द्रिय महिला विभाग सदस्य शुष्मा खड्का, केन्द्रिय परिषद सदस्य जमुना गाहा, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य हिम प्रसाद सुनाम, क्षेत्रीय महिला विभाग सदस्य मीना बगाले, मीना थापा, लक्ष्मी थापा, रमा बिष्ट, र सांस्कृतिक विभाग सदस्य शर्मिला सापकोटा लगाएतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा माधव खनाल, कविता थापा, गीता गरुङ्ग, शर्मिला सापकोटा र शुशिला थापा लगाएतले नवगठित विद्यार्थी समितिलाई शुभकामना दिनु भएको थियो साथै तिजी कार्यक्रमको समिक्षा गर्नु भएको हुनुहुन्थ्थो ।

संगठनात्मक लगायत विभिन्न कार्यक्रम कार्यमा व्यापक सहयोग पुर्याउनु हुने साथीहरू राधा रेग्मी, मीना थापा, शुष्मा खड्का, मनिकला, मीना बगाले, सीता सुनार, लक्ष्मी थापा, केशव खनाल, राजेन्द्र थापा, दिल बहादुर गाहा, मान बहादुर सारु, मीना सारु, रामु बिक, लक्ष्मण कार्की, तिल बहादुर थापा र शखपुष्पी टुरिज्म प्रा.लि. लाई सम्मान गरिएको थियो ।

कार्यक्रम जीतमान थापाको अध्यक्षतामा तथा लक्ष्मण खडकाको संचालनमा सम्पन्न भएको थियो भने तिल बहादुर थापाले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार