
खिमराज चालिसे ##
विकानेर (राजस्थान) । भारतको राजस्थान राज्यको बिकानेरबाट १९ सेप्टेम्बर २०२५ को राती ११ बजेदेखि बिकानेरस्थित गान्धी कलोनी, घर नम्बर २७८ कैलासपुरीमा भाडामा रहेको घरबाट दुईजना बालिकाहरू सम्पर्क बिहिन भएका छन् ।
दुबै बालीकाहरूको आजसम्म सम्पर्कमा नआएपछि आमा–बुबाले २५ सेप्टेम्बर २०२५ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज विकानेर नगर समितिमा खोजी कार्यमा सहयोगका लागि गर्न अपिल गरेका हुन् ।
प्रारम्भिक अनुसंधानमा बिकानेरको रेलवे सिसिटिभी फुटेजमा १७ वर्षिय प्रीयंका भुल र १५ वर्षिय प्रितिका भुललाई बिकानेर निवासी भारतीय महिलाले आफ्नो छोरा र ति दुबै नानीहरूलाई अर्को महिलासँग भेट गराई भगाउन सहयोग गरेको देखिएको आभास हुन्छ ।
बिकानेर पुलिसलाई सिसिटिभी फुटेज चेक गरेर प्राप्त उक्त प्रमाण अनुसार अमृतसरबाट रेलमा आएको महिलासँग बिकानेरको महिलाले आफनो छोरा र दुबैनानीहरूलाई जयपुर जाने रेलमा पठाएको थाहा लागेको छ ।
सिसिटिभीको उपरोक्त ठोस प्रमाण देखिए पनि पुलीसले कडाई पुर्वक खोजीका लागि पहल नगरेको परिवारको गुनासो रहेको छ ।
नानीहरू बिकानेरस्थित गान्धी कलोनी, घर नम्बर २७८ कैलासपुरीमा परिवार सहित बसोबास गर्ने मनोज भुल र तुल्सा भुलका छोरीहरू हुन् । उनीहरू नेपालको जिल्ला कैलाली गाउँ खरौला लम्की चुवा नगरपालिका ७ स्थाई निवासी हुन् ।
फेलापार्नु हुने महानुभावले नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा खिमराज चालिसे मोबाइल नम्बर +918968503050 मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।
















