चंडीगढमा मूल प्रवाहको सदस्यता वितरण अभियान शुरू

खिमराज चालिसे, चंडीगढ
भारतमा मूल प्रवाहको सुदुर पश्चिमोत्तर क्षेत्रको चंडीगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्यता अभियान जनवरी ११, २०२६ देखि विषेश अभियानको रुपमा शुरु गरिएको छ।

मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य दिनेश खड्काको प्रमुख आथित्यतामा सम्पन्न सो समारोहमा खडकाले मूल प्रवाहको केन्द्रीय समितिको गत दशौँ बैठकले यसवर्ष मूल प्रवाहले भारत व्यापी सदस्यता वितरण अभियान र आम सर्वसाधारण नेपालीहरुको डाटा तथ्याङ्क सङ्कलन अभियानलाई साथ साथै सञ्चालन गर्ने निर्णय अनुसार उक्त अभियान विधिवत रुपमा सञ्चालन गरिएको बताउनु भएको थियो। वहाले सम्वोधनका क्रममा देशमा बढदो साम्राज्यवादी चलखेल, दलहरूको अदुरदर्शीता र आगामी चुनाव बारे पनि विचार राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार