
आफ्ना दुई सन्तान छोरा–छोरीहरू र श्रीमानलाई छोडेर एक्कासी सम्पर्क विहिन उमा विश्वकर्मालाई खोजीका लागि मूल प्रवाहले पहल गरेको छ । ३५ वर्ष उमेर रहेकी उमा भारतको राजस्थान राज्यको बिकानेरबाट डिसेम्बर १०, २०२५ का दिनदेखि सम्पर्क विहिन भएकी हुन् ।
राजस्थान राज्यको बिकानेर रंगा कलोनीमा परिवार सहित बसोबास गर्दै आइरहेकी उमा विश्वकर्माले आफु र छोरा–छोरीलाई छोडेर परपुरुष पलिया उत्तर प्रदेशको निवासी रबी नाम गरेको व्यक्तिसँग भागेको आशंका श्रीमान तेज बहादुर विश्वकर्माले गरेका छन् ।
उनी सम्पर्क बिहिन भएपछि स्थानीय पुलीसमा एफआईआर गरी सर्वत्र खोजी तलासी गर्दा पनि न भेटिएपछि खोजी तलासीको लागि तेज बहादुरले मूल प्रवाहलाई निवेदन दिएका छन् ।
















