
आगरा, उत्तर प्रदेश 5 जनवरी
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आगरा नगर समिति भित्र सकृय अगुवा कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आगरा नगर समितिको कार्यालयमा सम्पन्न कार्यक्रमको भएको थियो । अध्यक्ष मिठ्ठु केसीको अध्यक्षता र सचिव लाखन परियारको संचालनमा अगाडी बढेको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष तथा केन्द्रिय सल्लाकार ठाकुर खनाल, उपाध्यक्ष कपिल खनाल केन्द्रिय सदस्य धुर्व शाहको विषेश उपस्थिती रहेको थियो । ज्ञात अज्ञात शहिदहरू प्रति एक तिनेटको मौन धारण पछि सहभागीहरूलाई नगर समितिका सदस्य राम बहादुर केसीले स्वागत गर्नु भएको थियो ।

प्रशिक्षणमा केन्द्रिय सल्लाकार एवं उपाध्यक्षद्धारा भारत स्थित नेपालीका समस्या र मूल प्रवाहले खेलेको भुमिका, संगठनको आवश्यकता संगठनात्मक पद्धतीका साथै देशको तात्कालिक राजनैतिक अवस्थाबारे प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणमा विभिन्न सहभागीले राखेका विविध जिज्ञासाहरूबारे पनि स्पष्ट पाने काम भएको थियो ।

















