मूल प्रवाहका केन्द्रीय सदस्य केसीको अन्तिम संस्कार गरियो

नेल्लोर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य ठाकुर प्रसाद केसीको जनवरी ६, २०२६ का दिन आन्ध्रा प्रदेशको नेल्ल्लोरस्थित पेनानदी किनारको बदिगदटोताको संसान घाटमा दाहासंस्कार गरिएको छ ।

केन्द्रीय अध्यक्ष प्रेम पौडेलले स्मृतीशेष ठाकुर प्रसाद केसीको शवलाई समाजको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको थियो ।

त्यस्तै क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, क्षेत्रीय सदस्य दिल बहादुर बस्याल, क्षेत्रीय सदस्य देरिाम केसी, नेल्लोर नगर समितिबाट मनिराम पुन, गोर बहादुर केसी, रुकमान खड्का, नरबहादुर सुनार, पूर्ण बहादुर सुनारले श्रद्धाञ्जली दिनुका साथै मन्तब्य राख्नु भएको थियो ।

दुई मिनट मौनधारण पछि चन्द्र बहादुर थापाले पार्टीको शोक बक्तब्य पार्टी पढेर सुनाउनु भएको थियो ।

कार्यक्रमको सञ्चालन नेल्लौर नगर समितिका सहसचिव मेघप्रसाद खत्रीले गर्नु भएको थियो ।

केसीको ५ जनवरीको राती ड्युटी कै समयमा हृदयघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार