खिमराज चालिसे, चंडीगढ ।
अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च लुधियानाले विश्व सर्वहारा वर्गका महान नेता का. जोसेफ स्तालीनको १४७औँ जन्मदिवशको सम्पन्न गरेको छ।
मूल प्रवाहका महासचिव त्रिभुवन भट्टराईले उक्त कार्यक्रममा सम्वोधन गर्दै अन्तर्राष्ट्रिय स्तरमा रक्षात्मक अवस्थामा रहेको कम्युनिस्ट आन्दोलन सैद्धान्तिक धरातलमा स्तालिन र उहाँले कम्युनिस्ट आन्दोलनमा दिएको योगदानको उच्च मूल्यांकन गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
सम्वोधनमा महासचिव भट्टराईले स्तालिन माथी दुनियाभरका साम्राज्यवादी तथा अवसरवादीहरूले नियोजित रुपमा गरिरहेको चरित्रहत्या सम्पुर्ण क्रान्तिकारी आन्दोलन माथीको प्रहार भएको बताउनु भएको थियो ।
उक्त सभामा महिला क्षेत्रीय सदस्य दिपा चन्द, साँस्कृतिक विभागका भगत बिक र मूल प्रवाहका खुमलाल थापा, राजु पौडेल, समताबाट नर बहादुर बिक लगाएले विचार राख्नु भएको थियो ।
कार्यक्रम उदय सिंह चन्दको अध्यक्षता तथा पशुपति पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।