
काठमाडौं । वरिष्ठ साहित्यकार एवम् नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको बहुप्रतिक्षित उपन्यास जलजला मंसिर १ गते विमोचन हुने भएको छ ।
जलजलाको लेखन तथा टाइपको काम सकिएको बताउँदै सिंहले साउन विमोचन गर्ने तयारी भएपनि चुनावका कारण त्यो सम्भव नभएको जनाउनुभएको छ ।
‘उपन्यास लेखेर र टाइप भएर पुरा भएको छ । अब त्यसलाई दोहोर्याएर हेर्न र प्रूफ रिडिङ् गर्न मात्र बाँकी छ । त्यसका लागि केही महिना लाग्नेछ’ सिंहले भन्नुभएको छ, ‘पार्टीको काममा समेत व्यस्त हुनुपर्ने भएकाले पनि दोहो¥याएर हेर्न र प्रूफ पढ्न बढी समय लागेको हो ।’
सिंहले जलजला उपान्यास आफ्नो जीवनकै सबैभन्दा महत्वपूर्ण कृति रहेको बताउने गर्नुभएको छ । यो उपन्यास करिब १६/१७ वर्षदेखि लेख्दै आएपनि राजनीतिक जिम्मेवारीका कारण त्यसलाई पुरा गर्न कठिनाई भएको सिंहले बताउनु भएको
उपन्यास ७ भाग, ७० परिच्छेद र करिब २८० अंकमा विभाजित छ ।














