रेल यात्राका दौरान बल्लरशाहमा मृतक यत्न बहादुरको मूल प्रवाहले गर्यो दाहसंस्कार

हैदरावाद । रेलमा यात्राका दौरनामा निधन भएका एकजना काभ्रेका श्रमिक नेपालीको दाहसंस्कार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गरेको छ । उनी गोरखपुरबाट रेल यात्रा हुँदै बेंगलोर रोजगारीका लागि श्रीमति सहित हिंडेका थिए । यत्न बहादुर थापाको महाराष्ट्रको चन्द्रपुरमा हार्टअटेक भई निधन भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ ।

काभ्रेपलाञ्चोक जिल्ला पतौनी नगरपालिका वडा नं ३ भेंगेरी स्थाई घर भएका बर्ष ४२ का यत्न बहादुर थापा (उर्फ उत्तम) र निजकी बर्ष ३८ की धर्मपत्नी भीमा मैनाली (गीता थापा) रोजगारीको सिलसिलामा दक्षिण भारतको बेंगलोर जानको लागि ७ जुन २०२२ कादिन ट्रेन नं १५०२३ गोरखपुर यसवंतपुर एक्स्प्रेसमा यात्रा शुरु गरेका थिए । यात्राकै दौरानमा एकातिर प्रचण्ड गर्मी, अर्को तीर आफ्नो सीट कान्फम नहुँदा निज दम्पत्तीले अत्यन्तै सास्ती खेप्नु परिरहेको थियो । दोश्रो दिन तथा ८ जुन २०२२ का दिन महाराष्ट्र राज्यको चन्द्रपुर आईपुग्दा निज यत्न बहादुर थापा एक्कासी छटपटी भएर ट्रेनको मूल ढोकानेर पुग्दापुग्दै बेहोस भएर ढल्लेको मृतककी श्रीमती गिताले बताइन् ।

ढले पछि अचेत भएको र ट्रेनमा यात्रा गरिरहेका अन्य यात्रीहरुले समेत यत्न बहादुरलाई उठाउन र होसमा ल्याउन अनेक प्रयास गर्दापनि होसमा नफर्किएपछि तत्काल रेल्वे पोलिस फोर्स (च् ए ँ) लाई खबर गरी निजलाई नजीकै अर्को स्टेशन बल्लरशाहमा उतारेर त्यहाँ अबस्थित बल्लरशाह सरकारी हास्पिटल पुर्याउँदा डाकटरले निजलाई मृत घोषणा गरेको रेल्बे पुलिसा फोर्स वा (आर पी एफ) ले जानकारी दियो ।

एक जना नेपाली यत्न बहादुरको ट्रेनमा मृत्यु भएको र उनको साथमा उनको श्रीमती बाहेक अरु कोही नभएको र दाहसंस्कार लगाएत अन्य प्रशासनिक प्रक्रिया पुरा गर्न हजुरहरुको संगठनका प्रतिनिधिको आबस्यकता अनिबार्य भएको जानाकारी सहित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालय र हैदराबादमा मूल प्रवाह केन्द्रीय समितिका उपाध्यक्ष प्रेम पौडेललाई सो घटना बारे जानकारी गराइएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालय, मध्य दक्षिण क्षेत्रीय समितिसँग समन्वय गरी उक्त घटनाको छानबिन गरी मृत यत्न बहादुर थापाको दाहसंस्कार र निजकी धर्म पत्नी भीमा मैनालीलाई (उर्फ गीता थापा)लाई आबस्यक सहयोग गर्नका लागि मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेललाई हैदराबादबाट तत्काल बल्लरशाह खटाइएको थियो ।

सोही निणर्य अनुसार ९ जुन २०२२ को मध्यन्ह प्रेम पौडेल बलरशाह पुगेर (आरपीएफ) थानामा सबै प्रक्रिया पुरागरी आबस्यक कागज पत्र सहित हस्पिटल पुगी निजकों पोष्टमार्टम गराई मृतककी धर्म पत्नी र आफन्तहरुको सल्लाह अनुसार समाजकको रोहबर र सहयोगमा ९ जुन २०२२ कै दिन छ बजे यत्न बहादुर थापाको दाहसंस्कार गरिएको छ । निजको दाहसंस्कारमा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल सहित मध्य दक्षिण क्षेत्रीय उपाध्यक्ष रूपलाल जीएम, मध्य दक्षिण क्षेत्रीय सल्लाहकार प्रेम बहादुर थापा र बल्लरशाहमा रहने नेपाली नेपाली दाजु भाईहरुको उपस्थिति रहेको थियो । घटनाको प्रकृति र डाक्टरको प्रारम्भिक रिप्रोट अनुसार निजको हर्टअट्याकबाट मृत्यु भएको आसंका गरिएकोछ ।

निज यत्न बहादुर थापाको पारिवारिक आर्थिक अबस्था अत्यन्त कमजोर भएको, दैनिकी मजदूरी गरेर जीबीका चलाउने परिवार भएकोले नेपाल घरसम्म जानका लागि आबस्यक खर्च समेत भीमा मैनालीसँग नरहेकोले केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले निज भीमा मैनालीलाई आफ्नो संरक्षणमा आफ्नै निवासमा दुइ दिन राखेर नमस्ते गुल्मी टूर एण्ड ट्रावल्सका संचालक प्रेम केसी र कूल बहादुर रेशमीसँग वार्तागरी वहाँहरुले बुटवलसम्मको बस भाडा फ्री गर्ने तथा हैदराबाददेखि बुटवलसम्मको खाना र बुटवलदेखि काभ्रेपलाञ्चोकसम्मको भाडा खाने बस्ने लगाएतका आबस्यक खर्च सहित सुरक्षित रुपमा यही १२ जुनको नेपाल पठाउने ब्यबस्था मध्य दक्षिण क्षेत्रीय समितिले मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार