चेन्नई, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिको आयोजनामा राष्ट्रघाति नागरिकता विधेयक खारेजीको माग गर्दै विरोध सभा सम्पन्न भएको छ । कार्यक्रको अध्यक्षता नगर समितिका अध्यक्ष बुद्धिराम पौडेलले सञ्चालन दुर्गा रायमाझीले गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई डिल बहादुर जिएमले स्वागत गर्नु भएको थियो ।
प्रमुख अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव कुल बहादुर थापाले नागरिता विधेयक पारित गरेर विदेशी नागरिकहरुलाई सहज रुपमा नागरिकता दिने बाटो खोलेको बताउनु भयो । ‘सरकारले विवादित नागरिकता विधेयक पास गरेर देशको राष्ट्रियतालाई नै खतरामा परेको छ’ महासचिव थापाले भन्नु भयो- ‘नेपालीहरुलाई अल्पमतमा पारेर विदेशीलाई बहुमत बनाउने यो विधेयकले देशलाई छिट्टै सिक्किमीकरणमा परिणत गर्नेछ ।’ देश तथा विदेशमा रहनुभएको सम्पूर्ण देशभक्त तथा जनतान्त्रिक शक्तिहरु राष्ट्रघाती नागरिकता विधेयकका विरुद्ध संघर्षमा जुटन थापाले आव्हान गर्नु भयो ।
कार्यक्रममा केन्द्रीय समितिका सदस्य केशमान नेपाली, नगर समितिका तिलक शर्मा, बोम बहादुर केसी, चन्द्र लुंगेली, प्रकाश नेपाली, खुमान प्रसाद भण्डारी, शसीराम थापा, चन्द्रीका पौडेल र पुष्पा पौडेलले पनि मन्तव्य राख्नु भएको थियो ।