रक्तिमको चैत २४, २५ र २६ गते बुटवलमा चौथो राष्ट्रिय सम्मेलन

  • अभियानको अध्यक्षमा बुढा, महासचिव शाही
  • बुटवल । रक्तिम सांस्कृतिक अभियानको बुटवलमा सम्पन्न तेस्रो राष्ट्रिय भेलाले अध्यक्षमा गिरि प्रसाद बुढा (रुकुम)लाई निर्वाचित गरेको छ। साउन १६ र १७ गते बुटवलमा सम्पन्न तेस्रो राष्ट्रिय भेलाले बुढाको अध्यक्षतामा केन्द्रीय समिति पुनर्गठन गरेको हो ।

    उपाध्यक्षमा हेमराज आश्रम (काठमाडौं), महासचिवमा जीवन शाही (सुर्खेत), सचिवमा सबिन अर्गेजा (बागलुङ) र कोषाध्यक्षमा मोहराज चालिसे (चितवन) चयन हुनुभएको छ ।

    सदस्यहरुमा पिमलाल पुन ‘प्रेम सागर’ (प्युठान), मेस्मा पुन (काठमाडौं), थुमराज ढुंगाना (बागलुङ), रबिना लिम्बु (झापा), दिलिप रसाइली (रुपन्देही), हिक्मत परियार (डोटी), बाबुराम आचार्य (कैलाली), विष्णु केसी (अर्घाखाँची), उषा तरामु मगर (गुल्मी), दानु सारु (कास्की), अनन्त आचार्य (दाङ), विशाल राई (सुनसरी), सुवर्ण भट्टराई (बारा) चयन हुनुभएको छ । एक स्थान हाल रिक्त राखिएको छ।

    भेलाले पाँच सदस्यीय सल्लाहकार समिति निर्माण गरेको छ । सल्लाहकारहरुमा रेम राना (नवलपरासी), तेजेन्द्र थापा (रुपन्देही), मिना बुढाथोकी (रुपन्देही), जीवन पुन (अर्घाखाँची), देवि शर्मा (चितवन) रहनुभएको छ ।

    बुटवल सम्पन्न तेस्रो राष्ट्रिय भेलाले आगामी चैत्र २४, २५ र २६ गते बुटवलमै चौथो राष्ट्रिय सम्मेलन गर्ने निणय गरेको छ ।

    भेलामा ५२ जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार