अखिल नेपाल शिक्षक संघको दोस्रो लुम्बिनी प्रदेश भेला सम्पन्न

दाङ । अखिल नेपाल शिक्षक संघको लुम्बिनी प्रदेश भेला दाङको भालुबाङमा सम्पन्न भएको छ ।

संघका लुम्बिनी प्रदेश अध्यक्ष बालाराम पोख्रेलको अध्यक्षता एवं महासचिव चक्रपाणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रमुख अतिथि चक्रपाणी पौडेल ,राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार सुरेश थापा, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेपाल शिक्षक महासंघका केन्द्रीय उप महासचिव तारा वेल्वासे, अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य , अखिल नेपाल शिक्षक संघकी केन्द्रीय सदस्य विन्दु विष्ट र निवृत्त शिक्षक कपिलदेव खनालले शुभकामना मन्तव्य गरेका थिए ।

उपाध्यक्ष ईश्वरी आचार्यको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रमको संचालन सचिव रुमाल प्रसाद बसेलले गरेका थिए ।

भेलाले अखिल नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका लालबहादुर भण्डारीलाई चयन गरेको छ । यसैगरी समितिको उपाध्यक्षमा कृष्ण बञ्जाडे( अर्घाखाँची), महिला उपाध्यक्षमा देवा विष्ट(प्यूठान), सचिवमा कल्याण खड्का(प्यूठान), कोषाध्यक्षमा रुमाल प्रसाद बसेल(दाङ) र सह सचिवमा कमलराज भट्टराई (रोल्पा) रहेका छन् ।

यसैगरी कार्यसमितिको सदस्यहरुमा ओमकला खनाल(दाङ), बुद्धि बञ्जाडे(बाँके), कमला गिरी(कपिलवस्तु), विनोद बोहरा (रुपन्देही), विष्णुमाया भुसाल(अर्घाखाँची), प्रेम अर्याल(गुल्मी), शिव शाही(रुकुम पूर्व), निरु थापा(पाल्पा) र ईश्वरी ज्ञवाली(नवलपरासी पश्चिम) रहेका छन् ।

यसैगरी भेलाले ५ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ । जसमा डिलाराम पौडेल(दाङ), मधु पण्डित(दाङ), मीना गौतम(बर्दिया), खेमराज पोख्रेल (प्यूठान) र ईश्वरी आचार्य (कपिलवस्तु) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार