संघीयता खारेजीको माग गर्दै कालिकोटमा जनमोर्चाले बाल्यो मसाल

कालिकोट । राष्ट्रिय जनमोर्चा, कालिकोटले संघीयताको खारेजीको माग गर्दै मसाल जुलुश प्रदर्शन गरेको छ ।

राजमोले संघीयता खारेजीसँगै नागरिकता विधेयक, एमसीसी, एसपीपीलगायतको खारेजीसहित महँगी भ्रष्टाचारविरुद्ध मसाल जुलुश प्रदर्शन गरेको हो ।

मसाल जुलुशपछि आयोजित कोणसभालाई राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश सचिव पूर्णबहादुर शाही र अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले सम्बोधन गर्नुभएको थियो ।

राष्ट्रिय जनमोर्चाले हालै संसदका दुवै सदनबाट पारित नागरिकता विधेयकलाई राष्ट्रघाती भन्दै फिर्ता लिन माग गरेको छ ।

यस्तै, संघीयताको खारेजी, संसदबाट पास गरिएको विवादित एमसीसी तथा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी खारेज गर्न माग गर्दै देशब्यापी रुपमा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार