१६ वर्षपछि मूलघर मै पिनु थापा

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज (तात्कालिन अखिल भारत नेपाली एकता समाज) पिनु थापा मगर पुनः पुरानै घरमा फर्किनु भएको छ । थापाले एक वक्तव्य जारि गरि आफू मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा फर्किनु भएको बताउनु भएको छ ।

वक्तव्यमा थापाले विगतमा पार्टी परित्याग गर्नु कमजोरी भएको आत्मालोचना गर्दै पुनः ने.क.पा. (मसाल)को भारत प्रवासको मोर्चा एवं आफ्नै पुरानो घर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेको घोषणा गर्नुभएको छ ।

थापाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले संगठनको सदस्यता र विधान घोषणा पत्र हस्तान्तर गर्नुभएको हो ।

वक्तव्यमा उल्लेख छ :
“म पिनु थापा मगर कोहलपुर नपा १०, बाँके निवासी सन १९९१ देखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज (तात्कालिन अखिल भारत नेपाली एकता समाज) मा संगठित भएको थिएँ । म ने.क.पा. (मसाल) को जनवर्गिय संगठनको विभिन्न जिम्मेवारीमा रहँदै पेशेवर कार्यकर्ताको रुपमा समेत परिचालित भएको थिएँ ।

सन २००६ तिर तात्कालिन नेकपा (एकता केन्द्र-मसाल) भित्रको अन्तरसंघर्ष बीच पार्टी एकताको नाममा जन्मिएको तेश्रो धारका केही साथीहरुले पार्टीमा विभाजन गर्न पुगे, म पनि भ्रमबस उनीहरुसँगै समाहित भएको थिएँ । तर तात्कालिन तेश्रो धारका साथीहरुको गतिविधिले पार्टीलाई मजबुत बनाउने भन्दा पनि कमजोर बनाउने काम गरे । उनीहरुबाट नेपाली क्रान्तिको प्रतिनिधित्व गर्न सक्ने सम्भावना नदेखे पछि लामो समयदेखि निष्कृय तथा कुनै दलसँग आवद्ध नभई स्वतन्त्र रुपमा बसेको थिएँ ।

वर्तमान राजनीति परिवेशमा ने.क.पा. (मसाल) ले खेलेको भूमिका र पार्टीको राजनीतिक लाइनले नै देशको राष्ट्रियता, जनतन्त्र, जनजिवीकाको रक्षा गर्नुको साथै क्रान्तिकारी राजनीतिक लाइनलाई जोगाइ राख्न सक्छ । पार्टीको राजनीतिक लाइनलाई बुझ्दा विगतमा पार्टी परित्याग गर्नु कमजोरी भएको आत्मालोचना गर्दै पुनः ने.क.पा. (मसाल)को भारत प्रवासको मोर्चा एवं आफ्नै पुरानो घर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेको घोषणा गर्दछु ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार