एमाले, राजावादी र साम्राज्यवादबाट गणतन्त्रमाथि खतरा छ : सिंह

लखनउ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देशमा एमाले, राजावादीहरु र हिन्दुवादी भारतीय साम्राज्यवादबाट गणतन्त्रमाथि गम्भीर खतरा रहेको बताउनु भएको छ ।

महामन्त्री सिंहले शनिबार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय प्रशिक्षणमा सो धारणा राख्नुभएको हो ।

महामन्त्री सिंहले नेपाली जनताले २०१७ र २०५९ सालको राजाको प्रतिगमन बेहोरेको बताउनु भयो । सिंहले गत समयमा भएका प्रतिगमनहरु भन्दा यस पटक फरक भएको बताउनु भयो ।

उहाँले यसपटक प्रतिगामीहरुले संविधानका उपलब्धीहरु माथि नै गम्भीर खतरा उत्पन्न गरेको बताउनु भयो ।

यसप्रकारको गम्भीर परिस्थितीमा प्रतिगमनलाई परास्त पार्न पाँचदलीय गठवन्धन आवश्यक परेको समेत सिंहले स्पष्ट पार्नु भएको थियो ।

महामन्त्री सिंहले १०४ वर्ष राणा शासन, ३० वर्ष राजतन्त्र र बारम्बार प्रतिगमन बेहोरेका नेपाली जनताको उच्चस्तरीय सजकता र अहिले हुने संसदीय निर्वाचनमा प्रतिगमनको जीत हारले नै देशको भविष्य तय गर्ने बताउनुभयो ।

सो प्रशिक्षणलाई जनजाति विभागका पि भिमबहादुर थापा, मूल प्रवाहमहिला विभागबाट फुलबिना पौडयाल, सांस्कृतिक विभागबाट जनकराज पौडयाल, विद्यार्थीबाट कृष्टि राई लगाएतले शुभकामना दिनु भएको थियो ।

कार्यक्रम धनबीर पुनको अध्यक्षता, प्रेम पौडेलको सञ्चालनमा तथा दुर्गा बहादुर केसीको स्वागतसहित अघि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार