पाण्डिचेरी, २४ अक्टोबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिको आयोजनामा प्रगतिशिल जनवादी भैलो कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमूख अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेलले दिप प्रज्जवलन र तालीको गडगडहाट्द्धारा भैलो कार्यक्रम उद्घाटन गर्नुभएको थियो । अन्य अथितिहरुमा केन्द्रीय सदस्य भगवति कुवँर, बालाकृष्ण गयक, प्रतिनिधि चन्द्रकान्त शर्माको आथित्यता रहेको थियो।
भद्र बहादुर जिसीको अध्यक्षता र सचिव गोविन्द शर्माको सञ्चालनबाट अघि बढेको सो कार्यक्रममा अथितिको आसनग्रहण पछि शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पश्चायत उपस्थित जनमानसहरुलाई शब्दद्धारा नगर सदस्य विनोद गायकले स्वागत गर्नु भएको थियो । गितमार्फत कलाकारहरुले स्वागत गरेका थिए ।
प्रमूख अथिति लगायत अन्य अथितिहरुले प्रगतिशिल भैलो र बर्तमान संगठानात्मक विषय साथै देशको परिस्थिति बारे धारणा राख्नु भएको थियो । कलाकारहरुको बेजोड गित संगित र नृत्य प्रस्तुति सहित भैलो कार्यक्रम भब्यरुपमा सम्पन्न भएको थियो ।