समानुपातिकतर्फ प्रतिनिधिसभामा ४७ दल : कसको कति मत ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा समानुपातिकतर्फको मत गणना सकिनै लाग्दा सात दलले मात्रै थ्रेसहोल्ड कटाएका छन् । अब बाजुरा र दोलखाको मत एकीकृत गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । ती दुई जिल्लामा गरी करिब डेढ लाख मत रहेको अनुमान गरिएको छ ।

निर्वाचनमा भाग लिएका ४७ दल मध्ये ४० दलले पाएको समानुपातिक मत खेर जाने सम्भावना देखिएको छ।
समानुपातिक मत गणना सकिनै लाग्दा पनि थप दलले थ्रेसहोल्ड कटाउन सक्ने सम्भावना देखिएको छैन ।

निर्वाचन आयोगका अनुसार कूल सदर मतको ३ प्रतिशत मतलाई थ्रेसहोल्डको सीमा मानिएको छ। जुन दलले थ्रेसहोल्ड पार गर्छन्, तिनले मात्र मत संख्याअनुसार प्रतिनिधिसभा सदस्य राख्न पाउँछन्। तर थ्रेसहोल्ड कटेन भने दलले पाएका मत काम लाग्दैनन् अर्थात् खेर जान्छ।

मतगणनाको अन्तिम चरणसम्म आइपुग्दा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्र थ्रेसहोल्ड कटाएको आयोगले जनाएको छ ।

अहिलेसम्मको आँकडा हेर्दा थ्रेसहोल्ड छुन ३ लाख १७ देखि १८ हजारसम्म मत ल्याउनुपर्ने देखिएको छ।

थ्रेसहोल्ड पार गर्न नसकेका ४० दलमध्ये नेकपा एकीकृत समाजवादी थ्रेसहोल्ड भेट्टाउन संघर्षरत छ। हालसम्म उसले २ लाख ९६ हजार ९० मत ल्याएको छ।

हेरौँ हालसम्म कुन दलको कति मत ?

नेकपा एमाले
२८,१४,६५५

नेपाली कांग्रेस
२६,८८,२१८

एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा ९नेकपा माओवादी केन्द्ररनेपाल समाजवादी पार्टी०
११,६४,१०२

राष्ट्रिय स्वतन्त्र पार्टी
११,२४,७७८

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,८१६

जनता समाजवादी पार्टी, नेपाल
४,२०,९५४

जनमत पार्टी
३,९४,५३८

नेकपा एकीकृत समाजवादी
२,९६,०९०

नागरिक उन्मुक्ति पार्टी
२,७१,६७४

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२९०

नेपाल मजदुर किसान पार्टी
७५,०७९

हाम्रो नेपाली पार्टी
५५,६३२

मंगोल नेसनल अर्गनाइजेसन
४८,८२०

राष्ट्रिय जनमोर्चा
४६,४०४

नेपाल संघीय समाजवादी पार्टी
४१,८०९

नेपाल कम्युनिस्ट पार्टी ९मार्क्सवादी लेनिनवादी०
३०,४२९

राष्ट्रिय जनमुक्ति पार्टी
२३,९२९

जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०५४

एकल चिह्न बच्चा काखमा लिएकी आमा ९नेपाल आमा पार्टीरनेपाल नौलो जनवादी पार्टीरसचेत नेपाली पार्टीरनेपाल सुशासन पार्टी०
१७,८६९

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,७९८

बहुजन एकता पार्टी नेपाल
१७,०६९

नेपाली कांग्रेस ९बीपी०
१२,४८६

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,२७४

नेपाली जनता दल
९,९९२

बहुजन शक्ति पार्टी
९,४३५

नेपालका लागि नेपाली पार्टी
८,४०५

नेपाल कम्युनिस्ट पार्टी
७,९९७

नेपाल लोकतान्त्रिक पार्टी
७,६९४

नेपाल जनता पार्टी
७,५१०

नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी ९पुष्पलाल०
७,३८६

मितेरी पार्टी नेपाल
७,०४३

जनजागरण पार्टी नेपाल
६,५३९

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४११

तराई मधेश लोकतान्त्रिक पार्टी
५,९७०

जनसमाजवादी पार्टी, नेपाल
५,८८४

एकल चिह्न गितार ९सामाजिक एकता पार्टीरनेपाल कम्युनिस्ट पार्टी समाजवादीरनेपाल दलित पार्टी०
५,७९७

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०१

विवेकशील साझा पार्टी
४,०४१

एकीकृत शक्ति नेपाल
३,७७८

नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
३,६९४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट०
३,४०५

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३३९

मौलिक जरोकिलो पार्टी
३,२३६

नेपाल समावेशी पार्टी
२,९५३

नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
२,१९५

राष्ट्रिय नागरिक पार्टी
२,१४८

नेस्नलिस्ट पिपल्स पार्टी
२,०१५

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार