फौजदारी कार्यविधिमा परिवर्तनको राजमोद्धारा विरोध

काठमाडौं । काम चलाउ सरकारले विभिन्न फौजदारी मुद्दा खेपिरहेका आरोपीहरुलाई मुक्त गर्ने उदेश्यले फौजदारी कार्यविधिमा परिवर्तन गर्न विधेयक अघि सारेको छ । सरकारको यो कदमको राष्ट्रिय जनमोर्चाले भत्र्सना गरेको छ ।

पार्टीका अध्यक्ष चित्र बहादुर केसीले एक वक्तव्य जारि गरि पार्टीको तर्फबाट सो विरोध जनाउनु भएको हो । केसीले सरकारको यो कदम गलत भएको बताउनु भएको छ ।

वक्तव्यमा लेखिएको छ :
‘सरकारले टिकापुर जघन्य हत्याकाण्डमा संलग्न रेशम चौधरीलाई जेलमुक्त गर्नका लागि फौजदारी कार्यविधि संहितामा परिवतन गर्न अध्यादेश ल्याउन राष्ट्रपतिकोमा सिफारिस गरेको कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

टिकापुर जघन्य हत्याकाण्डका रेशम चौधरी मुख्य नाइकेको भूमिकामा थिए । त्यसैले अदालतले उनलाई जेल सजायको फैसला गरेको थियो । वर्तमान काम चलाउ सरकारले रेशम चौधरी समेतका व्यक्तिहरु जो विभिन्न फौजदारी अपराधमा जेल सजाय भोगिरहेकालाई जेल मुक्त गर्नका लागि नै फौजदारी कार्यविधि संहितामा संशोधन गर्न खोजेको छ । रेशम चौधरी लगायतका अन्य अन्यायमा परेका कारण होइन सरकार

बनाउन बहुमत पुर्‍याउने उद्देश्यले नै रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश ल्याउन खोजिएको प्रष्ट छ । आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहिनता बढ्ने छ । राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण हुने खतरा बढ्ने छ । त्यसैले सरकार बनाउन बहुमत पुर्‍याउने उद्देश्यले दण्डहितालाई प्रश्रय दिन अध्यादेश ल्याउन सरकारले गरेको निणर्य गलत छ । त्यो गलत निणर्यको हामीले घोर विरोध तथा भत्र्सना गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार