माओले मार्क्सवाद–लेनिनवादमा सिर्जनात्मक विकास गर्नुभयो : मोहनविक्रम सिंह

ठाकुर पौडेल,

खलङ्गा । कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले माओत्सेतुङले चीनमा मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक विकास गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘चीन जस्तो अविकसित र पिछडिएको मुलुकमा माक्र्सवादी–लेनिनवादी सिद्धान्तको रूपमा उहाँले नयाँ जनवादको सिद्वान्त प्रतिपादन गर्नुभयो ।’

महामन्त्री सिंहले माओत्सेतुङले चिनियाँ जनताको मुक्ति–आन्दोलनलाई अगाडि बढाएको पनि बताउनुभयो ।

सम्बोधनको क्रममा महामन्त्री सिंहले माओले आफ्नो जीवनकालमा दक्षिणपन्थी अपसरवाद र उग्रवामपन्थी भड्कावको विरुद्व सङ्घर्ष गरेर समाजवादी आन्दोलनलाई अगाडि बढाएकोले विश्व कम्युनिष्ट आन्दोलनमा उहाँको महत्त्वपूर्ण स्थान रहेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा प्युठान जिल्ला समितिको आयोजनामा २०७९ पुस ११ गते सम्पन्न एक सय तिसौँ माओजयन्तीको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण खड्काको अध्यक्षता अगाडि बढेको थियो ।

सो अवसरमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष धु्रव थापा, अखिल नेपाल महिला सङ्घका केन्द्रीय उपाध्यक्ष पद्मा पण्डित, महिला सङ्घकै केन्द्रीय सल्लाहकार सरिता जिसी, राजमो लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पोख्रेल, राजमो लुम्बिनी प्रदेशका सल्लाहकार सुरेश थापाले पनि सम्बोधन गर्दै नेपालको सन्दर्भमा माओ विचारधारालाई आत्मसात गरेर अगाडि बढे मात्र जनताको मुक्ति हुन सक्ने बताउनुभयो ।

जातीय समता समाजका जिल्ला अध्यक्ष शमशेर परियारको पनि आतिथ्य रहेको सो कार्यक्रमको सञ्चालन राम पहाडीको सञ्चालन रहेको थियो ।

कार्यक्रमको अध्यक्षतामा राजमो लुम्बिनी प्रदेशका सदस्य केशवराज आचार्यले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार