मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय विद्यार्थी विभागका सदस्य, वेंगलोर उत्तर नगर समितिका अध्यक्ष, साँस्कृतिक क्षेत्रका अत्यन्तै कूशल अनुशासित कलाकार विजय पहरीको मोटर साईकल दुर्घटनामा परि २२ वर्षको अल्पायु मै दुःख निधन भएको छ । वहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य एवं वेंगलोर उत्तर नगर समितिका अध्यक्ष धरम पहरी र महिला क्षेत्रीय विभागकी सदस्य दुरा पहरीका कान्छा छोरा हुनुहुन्छ ।
पहरी र उनका एक स्थानीय साथी गत ३१ डिसेम्बरको साँझ करिव ६ बजे साथीसँग मैसूरबाट पिकनिक सकि आफ्नो निवास वेंगलोर तर्फ मोटर साइकलमा फर्किने क्रममा वेगंलोरको दुरे भन्ने स्थानमा ट्रकको टक्करबाट गम्भीर घाईते पर्नु भएको थियो । संगै रहेको स्थानिय साथीको घट्ना स्थलमा नै मृत्यू भएको थियो । विजय पहरीलाई टाउकोमा गम्भिर चोट लागेको थियो । उनको वेंगलोरको ताउडा केरेस्थित हेल्थ ईण्डियन हस्पिटलमा उपचार भईरहेको थियो । हिजो १ जनवरी २०२३ मा टाउकाको अप्रेशन सम्पन्न भएको थियो । तर आज २ जनवरी जनवरी २०२३ रातको २ः३० बजे विजय पहरीको निधन भएको डाक्टरहरुले घोषणा गरेका छन् । पहरी परिवार स्वदेशमा बैतडी जिल्ला पाटन नगरपालिका वडा नः ६, स्थायी निवासी हुनुहुन्छ । वि.कम अध्ययन गरि भर्खर मात्रै वहाँ जारिमा लाग्नु भएको थियो ।
यसै बीच समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले शोक व्यक्त गर्नुभएको छ । खनालले लेख्नुभएको छः ‘विजय पहरीको निधनले हाम्रो सिंगो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमालाई अपुर्णीय क्षति पुगेको छ । वहाँको निधनले सिंगो संगठनलाई स्तब्ध र मर्माहित बनाएको छ । मृतक विजय पहरीप्रति भावपुणर् श्रद्धाञ्जली प्रकट गर्दै यो दुःखद घडिमा परिवारजनमा असह्या पिडाप्रति गहिरो समवेदना प्रकट गर्दछौं । एवं धैर्यधारणाको कामना गर्दछौं ।’
त्यस्तै दक्षिण भारत क्षेत्रीय समितिका सचिव जनकराज शर्माले शोक वक्तव्य जारी गरि गहिरो दुःख व्यक्त गर्नुभएको छ । शर्माले परिवारमा पर्न गएको दुःखको यस घडीमा समवेदना प्रकट गर्दै धैर्यधारणाको कामना प्रकट गर्नुभएको छ ।