चन्द्रकान्त शर्मा
बेंगलोर, १५ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलुरु उत्तर नगर समितिको आयोजनामा दिवंगत बिजय पहरीको १४ औं दिनमा शोक सभा सम्पन्न पारिएको छ ।
धरम पहरीको अध्यक्षता, ओम बहादुर दाहालको सञ्चालनबाट कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा महासचिब कुल बहादुर थापा, सदस्य नरेश कुमार बिक, प्रतिनिधि चन्द्रकान्त शर्मा, क्षेत्रीय समितिका उपाध्यक्ष दशरथ बिक, सदस्य डिल्ली प्रसद शर्मा, गोबिन्द शर्मा, मान बहादुर बिक हुनुहुन्थ्यो ।
दुई मिनेट मौनधारण पछि अबिर फुलका गुच्छाले श्रद्धासुमन प्रकट गरिएको थियो ।
महासचिव थापाले आफ्नो मन्तव्यको क्रममा बिजय पहरी ईमानदार, लगनसिल, अनुशासित र एक जुझारु सदस्य गुमाउनु परेकोमा आफूलाई पिडा हुनुको साथसाथै सिंगो संगठनलाई अपूर्णीय क्षेती पुगेको बताउनु भयो । थापाले विजयका अपुरा सपनालाई पुरा गर्न हामी सबै लाग्नु पर्दछ र मात्रै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भएको थियो । सम्पूर्ण स्तरका कार्यकर्ताहरुले शोकलाई शक्तिमा परिणत गर्न समेत सहभागिहरुलाई आव्हान गर्नु भएको थियो ।
त्यस्तै शोक सभामा उत्तर नगरबाट तिलक केसी, दक्षिण नगरबाट रमेश बिक, परिवारको तर्फबाट दान बहादुर पहरी, त्यस्तै उपस्थितबाट दिलिप बिक, निर्मला दहाल, भारती परियार, किसन परियार, सुर्य बहादुर बनिया, चक्र राहुल लगायतले शोक मन्तव्य दिनुभएको थियो ।