निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समज निलगिरी नगर समितिको आयोजनामा ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयताको खारेज गरौं’ भन्ने मूल नारा सहित राजमोद्धारा स्वदेशमा देशव्यापी रुपमा सञ्चालन गरेको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै सभा सम्पन्न गरिएको छ ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्माको प्रमुख आतिथ्य र क्षेत्रीय सदस्य बिरे थापाको आतिथ्य रहेको थियो । राष्ट्रियता, गणतन्त्रप्रति राजनीतिक दलहरूले बिदेशी शक्ति केन्द्रको दबाबमा २०७२ को संबिधान नै निष्क्रिय बनाउने षडयन्त्रमा लागेको वक्ताहरुले जोड दिनुभएको थियो । प्राप्त सिमित अधिकार पनि गुम्ने खतरा उत्पन्न भएकोले संसारको जुनसुकै कुनामा रहेर पनि देशभक्त नेपालीहरुले संघर्षमा जुट्नु नै आजको प्रमुख आवश्यता रहेको वक्ताहरुको भनाई थियो ।
नेपाली जनताको चाहाना बिपरित बिदेशी शक्तिले बोकाईदिएको संघीयताको भारि देशले धान्न नसकेकोले संघीयतालाई खारेज गर्नु पर्ने प्रमुख अतिथि चन्द्रकान्त शर्माले जोड दिनुभयो । हामी भारतस्थित नेपालीहरुको तर्फबाट देशमा चल्ने आन्दोलनमा महत्वपूणर् भुमिका रहेको र भाबि दिनमा पनि कायम रहने विश्वास रहेको पनि शर्माको भनाई थियो ।
त्यस्तै नगर समितिबाट लोकेन्द्र बिक, रुपा थापा, कस्तुरी थापा, सिता नेपाली, लक्ष्मि परियारले पनि कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रम टेक बहादुर बिकको अध्यक्षता, मिना हमालको सञ्चालन र शहिदहरुप्रति एक मिनेट मौनधारण पछि मधु खनालले कार्यक्रममा सहभागिहरुलाई शब्दद्धारा स्वागत गर्नु भएको थियो ।