भारतका विभिन्न शहरमा संघीयता विरुद्ध ऐक्यवद्धता सभा सम्पन्न

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको आयोजनामा “प्रजातन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं” भन्ने मुल नाराका सहित ऐक्यवद्धता सभा सम्पन्न पारिएको छ । सो अवसरमा वनभोज कार्यक्रम पनि सम्पन्न पारिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष ठाकुर खनालले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत स्थित नेपालीहरूको चेतनास्तर वृद्धिको लागि पनि निरन्तर काम गर्दै आएको बताउनु भयो । त्यस्तै नेपालीहरुको बीचमा आफ्नो परम्परा र सद्भावको पक्षमा पनि निरन्तर काम गर्दै आएको खनालले बताउनु भयो ।

राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको पक्षमा समेत मूल प्रवाहले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काम गर्दै आएको अध्यक्ष खनालले बताउनु भयो । ‘नेपालीहरु एकजुट भएर बस्नु पर्छ र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डा मुनि गोलवन्द हुनुछर्प ।’

त्यस्तै केन्द्रीय सल्लाहकार रमेश चन्द्र क्षेत्री, केन्द्रीय परिषद सदस्य विष्णु बिसी, क्षेत्रीय सदस्य चन्द्र अधिकारी, महिला नगर विभाग कि संयोजक मायाँ बिसी, विद्यार्थी विभागबाट कमल कुँवर, नगर समितिबाट मानसिंह विष्टको आतिथ्यता रहेको थियो ।

नगर अध्यक्ष बाबुराम विष्टको अध्यक्षता र सचिव धर्म खनालको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा ज्ञात अज्ञात शहीदहरूप्रति एक मिनट मौनधारण राखिएको थियो । स्वागत नगर सदस्य सूर्य बहादुर क्षेत्रीले गर्नुभएको थियो ।

कार्यक्रममा बल्लभगढ एरियाबाट उमेश जिसी, एनआईटीबाट लोकराज थापा, हेवल हेमला एरियाबाट मान सिंह विष्टले मन्तब्य राख्नु भएको थियो ।

बेंगलोर,
राष्ट्र र राष्ट्रियताको रक्षा गरौं, गणतन्त्रलाई संस्थागत गरौं र संघीयताको खरेजी गरौं मूल नाराका साथ राष्ट्रिय जनमोर्चाले चालेको एक महिने देश ब्यापि बिरोध कार्यक्रमप्रति ऐक्याबद्धता सभा सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत बेंगलूर उत्तर नगर समिति र दक्षिण नगर समितिको संयुक्त आयोजनामा सो सभा सम्पन्न भएको हो ।

कार्यक्रमको चक्र बहादुर रावलको अध्यक्षता र दान बहादुर पहरीले सञ्चालन गर्नुभएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य बालकृष्ण गायकको प्रमुख अतिथ्यता गर्नुभएको थियो । त्यस्तै के.स.स. नरेश वि.क., क्षेत्रीय समितिका उपाध्यक्ष दशरथ बि.क., क्षेत्रीय सदस्य पार्वती बि.क., क्षेत्रीय सल्लाहकार सदस्य परमानन्द खडायत, क्षेत्रीय बैकल्पिक सदस्य मान बहादुर बि.क.को आतित्थ्यता रहेको थियो ।

प्रमुख अतिथि बालकृष्ण गायकले मुलुक ठुलो दुर्घटनामा पर्ने अबस्था बारे प्रकास पार्दै प्रबासी नेपालीहरूलाई प्रबासबाट पनि जगरूक हुनुपर्ने बताउनु भयो । ॅहामीहरू रोजगारिको समस्याले प्रबासमा रहेता पनि राष्ट्र र राष्ट्रियताको रक्षा, २०६२-६३ को महान जनान्दोलनद्वारा स्थापित गणतन्त्र र संघीयता खारेजिको लागि नेपाल सरकार समक्ष खबरदारी गर्दछौं र यसकिसिमका कृयाकलापको भण्डाफोड गर्दछौं’ गायकले भन्नुभयो।

ज्ञात अज्ञात शहिदहरूप्रति एक मिनेट मौनधारण र उपस्थित जनमानसहरूलाई शब्दद्वारा दक्षिण नगर समितिका कोषाध्यक्ष रमेश बि.क.ले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा नरेश बि.क,. दशरथ बि.क., पार्बति बि.क., परमानन्द खडायत, मान बहादुर बि.क. तथा हलबाट निरमला दलाल, रामराज पौडेल र बलराम कोलीले देशको भयाबह अबस्था मन्तव्य राख्नुभएको थियो ।

पुदुचेरी,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुदुचेरी नगर समितिको आयोजनामा “राष्ट्रियता, गणतन्त्र को रक्षा गरौं, संघीयताको खारेजि गरौं” भन्ने मुल नारा सहित राजमोले सञ्चालन गरेको एक महिने कार्यक्रमलाई ऐक्यबद्धता जनाउँदै बिरोध सभा सम्पन्न भएको छ ।

केन्द्रीय सदस्य जनकराज पौडेल, प्रतिनिधि चन्द्रकान्त शर्माको बिसेस आथित्थ्य रहेको थियो । आफ्ना भनाई राख्नेमा क्षेत्रीय सदस्य बिष्णु शर्मा, महिला बिभागबाट जमुना शर्मा, एरियाबाट सबिना आचार्यहरुले बर्तमान देशको तरल अवस्था बारे स्पष्ट पार्नु भएको थियो ।

सभा हरि बहादुर कार्किको अध्यक्षता, गोबिन्द शर्माको सञ्चालन, ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात रबि शर्माद्वारा उपस्थित जनमासलाई स्वागत गर्नु भएको थियो ।

कोट्टयाम (केरला),
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिले ॅराष्ट्रियता गणतन्त्र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयताको खारेज गरौं’ भन्ने मुल नारा सहित राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको कार्यक्रमप्रति ऐक्यबद्वता जनाएको छ ।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य दिल्ली प्रसाद शर्माको प्रमुख अतित्थ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले देशको समसामयीक राजनीति बारे प्रस्टाउँदै भन्नू भयो- ‘२०७४ सालमा ओली सरकारलाई बामपन्थि गठबन्धनबाट करिब दुईतिहाईको स्थिर सरकार बनाउन सहयोग गर्यो तर आफ्नो पार्टिभित्रको समस्या समाधान गर्न नसकेर दुईदुई पटक संसद बिघटन गरेर देशलाई प्रतिगमनतिर लैजाँदै नेपाली जनताहरुले कैयौ आन्दोलन र रगत बगायर प्राप्त गरेको संविधान नै समाप्त पार्ने दुस्प्रयास गरे । छँदाछँदैको सरकार बिघटन गर्नु पर्ने आवश्यकता नै थिएन ।’ शर्माले भन्नु भयो- ‘वर्तमान सरकार पनि स्थिर सरकार छैन ।’

सिमन्ट बालुवा र रड उपयोग गरेर बनाएको घर जत्तिको मज्बुत हुन्छ, त्यती कै मजबुत र श्रमजिबिबर्गको समस्या समाधान गर्ने सरकार बनाउन प्रवासीयका सबै श्रमजिवीहरु एक भएर संगठित आन्दोलनहरुमा सरिक हुनुपर्ने शर्माको भनाई थियो ।

वर्तमान सरकारका काँचको बनेको छ, कसैले औंलाले चिट्कीनी हान्ने वित्तीकै चक्नाचुर हुने शर्माको थप भनाई थियो ।

नगर अध्यक्ष धर्मराज शर्माको अध्यक्षता र सचिब मनोज जिसिको सञ्चालनबाट अगाडि बडेको कार्यक्रममा समाजका केन्द्रीय सदस्य चोबनाथ शर्मा दक्षिण भारत क्षेत्रीय समितिका भद्र बहादुर श्रीस थापा महिला बिभाग बाट बालिका देबी शर्मा रक्तिम बिभागबाट सम्झना श्रीस थापा नगर सदस्य खुमा देबि शर्मा बिद्यार्थी मोर्चाबाट मनोज पौडेलको अतिथि आसनग्रहण पश्चात् ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनट मौनधारण पछि एकराज पौडेलले उपस्थित जनसमुदाय हरुलाई शब्दबाट स्वागत गर्नु भयको थियो।

लक्ष्मि पौडेल, कुमारी थापा, लालचन्द्र पौडेल, शिवप्रसाद चापागाईले मन्तब्य दिनुभयको थियो । रक्तिम परिवारले कार्यक्रमलाई रोचक बनाउदै बिच बिचमा गित नित्य प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार