कर्जत-खोपौलीमा मूल प्रवाहको नगर समिति निर्माण

कर्जत, ७ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत खपौली-कर्जतमा रहने श्रमजिवी नेपालीहरु बीच केन्द्रीय समितिका उपाध्यक्ष प्रेम पौडेल र केन्द्रीय प्रतिनिधि अनन्त राहाडीको बिशेष उपस्थितिमा भेला सम्पन्न भएको छ ।

लेखत राहाडीको अध्यक्षता, सेर बहादुर राहाडीको सञ्चालन र महेन्द्र थापाको स्वागत मन्तब्य सहित अगाडि बढेको उक्त भेलामा केन्द्रीय समितिका उपाध्यक्ष प्रेम पौडेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको लक्ष्य, उदेश्य, बिगत ईतिहास, आगमी कार्ययोजना र कार्यभार तथा मुलुकको बर्तमान राजनैतिक तरल अबस्था, संघीयता र त्यस्ले पार्न सक्ने असर, प्रतिगामी शक्तिहरुको बढ्दो सकृयता र मुलुकको रक्षा र नागरिकको हकअधिकार, स्वास्थ्य शिक्षा, सुरक्षा लागि नेपालीहरु संगठित बन्नु पर्नेमा जोड दिनुभएको थियो ।

भारत तथा बिश्वभरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र अन्तर्राष्ट्रिय नेपाली एकता समाज र देशमा राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले मात्र आन्दोलनको सहि दिसामा नेतृत्व गरिरहेको पौडेलले बताउनु भयो । ॅहामी सबैले हाम्रो गौरबसाली संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई आ-आफ्नो स्थानबाट महत्वापुणर् भूमिका खेल्न आबस्यक रहेको छ ।”

भेलाले एक सदस्य पछि थपगर्ने गरि लेखत राहाडिको अध्यक्षताम १३ सदस्यीय कर्जत-खपौली नगर संगठन समिति निर्माण गरिएको छ । जसको उपाध्यक्षमाः हेमन्त राहाडी, सचिब- सेर राहाडी, सहसचिब- होम बहादुर त्रामु, कोषाध्यक्ष- महेन्द्र थापा र सदस्यहरुमा क्रमसः धन बहादुर राहाडी, श्री प्रसाद राहाडी, कैलास त्रामु, बलाराम त्रामु, खिम बहादुर कुँवर, पदम गुरुङ र यम बहादुर सिञ्जापती रहनु भएको छ ।

भेलामा केन्द्रीय प्रतिनिधि अनन्त राहाडिले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार