
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको सातौँ अन्तर्राष्ट्रिय भेला सम्पन्न भएको छ ।
२०७९ चैत १० गते शुक्रबार साँझ अन्तर्राष्ट्रिय नेपाली एकता समाजको भर्चुअल माध्यमबाट सम्पन्न सातौँ भेलाको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
सम्बोधनको क्रममा उहाँले भारतीय साम्राज्यवादसँगै अमेरिकी साम्राज्यवादको चलखेल बढेको बताउनुभयो ।
‘भारतीय साम्राज्यवादका सामु नेपालका सत्ताधारीहरू लम्पसार परेकै थिए’ उहाँले भन्नुभयो– ‘अहिले त अमेरिकी साम्राज्यवादका सामु पनि नेपालका सत्ताधारीहरू लम्पसार पर्न थालेका छन् ।’
एमसिसी पास गरेर नपुगेर अमेरिकी साम्राज्यवादले एसपिपीसमेत पास गर्न खोजेको प्रसङ्ग उठाउँदै अध्यक्ष केसीले अमेरिकाले रवि लामिछाने नेतृत्वमा बेग्लै राजनीतिक पार्टी गठन गर्न खोजेको बताउनुभयो ।
‘रवि लामिछानेको उत्पत्ति अमेरिकी साम्राज्यवादको चाहनाबाट भएको हो’ उहाँले ठोकुवा गर्नुभयो ।
प्रवासी नेपालीहरूले नेपालका सबै राजनीतिक परिवर्तनमा साथ–सहयोग दिँदै आएको बताउँदै उहाँले भन्नुभयो– ‘म आशा गर्दछु, आगामी दिनमा पनि देशको राजनीतिक परिवर्तनमा प्रवासी नेपालीहरूको साथ सहयोग हुने छ ।’
उहाँले अगाडि भन्नुभयो– ‘जुनसुकै देशमा बसे पनि नेपालको न्यायपूर्ण आन्दोलनमा तपाईंहरूको अवश्य पनि सहयोग रहने छ ।’
मसाल चौतर्फी घेराबन्दीमा : पुरी
भेलालाई शुभकामना दिँदै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले नेपाल (मसाल) चौतर्फी घेराबन्दीमा परेको बताउनुभयो ।

‘नेकपा (मसाल) चौतर्फी घेराबन्दीमा छ’ उहाँले इतिहास स्मरण गर्दै भन्नुभयो– ‘अहिलेसम्म नेपालको कुन मन्त्रीको विरुद्धमा भारतीय साम्राज्यवादले विज्ञप्ति नै निकालेर विरोध गरेको छ ? त्यो त राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नै हुनुहुन्थ्यो, जो २०७२ सालमा उपप्रधानमन्त्री हुनुहुन्थ्यो तर भारतीय साम्राज्यवादको विरोध गरिरहनुहुन्थ्यो ।’
प्रवक्ता पुरीले अहिले पनि नेकपा (मसाल) स्पष्ट दृष्टिकोणका साथ नेपालको राजनीतिमा अघि बढिरहेको दाबी गर्नुभयो ।
‘रवि लामिछाने नेतृत्वको पार्टीलाई कसले अमेरिकी साम्राज्यवादको उत्पादन भनिरहेको छ ?’ उहाँले अगाडि भन्नुभयो– ‘त्यो नेकपा (मसाल) नै हो, जसले स्पष्ट रूपमा कथित स्वतन्त्र पार्टीलाई अमेरिकी साम्राज्यवादपरस्त पार्टी भनिरहेको छ र त्यसको भण्डाफोर गरिरहेको छ ।’
उहाँले प्रतिगमनको विरुद्ध नेकपा (मसाल) ले नै लगातार स्पष्ट दृष्टिकोणका साथ सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो ।
‘हाम्रो पार्टीले २०४६ सालदेखि नै लगातार प्रतिगामी खतराका विरुद्ध लडिरहेको छ र अहिले पनि हामी प्रतिगमन विरोधी खतरालाई गम्भीर रूपमा लिन्छौँ’ उहाँको भनाइ थियो ।
मताधिकार आन्दोलनले एक तहको सफलता पायो : शर्मा
भेलामा अर्का अतिथि वामपन्थी नेता आनन्द शर्माले विदेशस्थित नेपालीहरूको मताधिकार आन्दोलनले एक तहको सफलता प्राप्त गरेको दाबी गर्नुभयो ।

‘विदेशस्थित नेपालीहरूको आन्दोलनको परिणामले गर्दा नै सर्वोच्च अदालतको मताधिकारसम्बन्धी फैसला आएको हो’ उहाँले भन्नुभयो– ‘निर्वाचन आयोगले समेत विदेशस्थित नेपालीको मताधिकार सुनिश्चित गर्नका लागि सरकारसित निर्वाचन खर्च छुट्याउन भनेको थियो तर सरकारले त्यस्तो व्यवस्था गर्न सकेन ।’
नेपाल सरकार विदेशस्थित नेपालीको हकहित र अधिकारप्रति प्रतिबद्ध नरहेकै कारणले अहिलेसम्म मताधिकार प्राप्त नभएको बताउँदै उहाँले भन्नुभयो– ‘अब यो आन्दोलनलाई टुङ्गोमा पुर्याउनका लागि विदेशस्थित नेपालीहरूले आफ्नो सङ्घर्षलाई अझै अगाडि लैजानुपर्दछ ।’
सम्बोधनको क्रममा उहाँले लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयताको खारेजी नेपाली तात्कालिक राजनीतिको मुख्य विषय भएको बताउँदै यो आन्दोलनको पक्षमा उभिन प्रवासी नेपालीलाई आग्रह गर्नुभयो ।
आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा उपचुनाव हुन थालेको बताउँदै उहाँले भन्नुभयो– ‘चितवनको उपचुनावलाई हामीले अमेरिकी साम्राज्यवाद विरोधी सङ्घर्षको मोर्चाको रूपमा लिएका छौँ र त्यहाँ राजमो उपाध्यक्ष क. जनकराज शर्माले उम्मेदवारी दिँनुहुने छ ।’
उहाँले साम्राज्यवाद विरोधी यो सङ्घर्षमा स्पष्ट दृष्टिकोण साथ भूमिका खेल्न प्रवासी नेपालीसित आग्रह गर्नुभयो ।
भेलालाई अन्तर्राष्ट्रिय नेपाली एकता समाजका छविलाल बस्नेत, हेमलाल गौतम, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव केबी थापा, अमेरिका नेपाली एकता समाजका अध्यक्ष रेशम कँडेल, आयरल्यान्ड एकता समाजका अमर छन्त्याल र रुसका प्रतिनिधि ढुण्डिराज चुँदालीले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा राजमो महासचिव मनोज भट्ट, विभिन्न देशका एकता समाजका अध्यक्ष/महासचिव र मसालसम्बद्ध विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधिहरूको आतिथ्य रहेको थियो ।
भेलामा अध्यक्ष दुर्गा केसीले प्रगति प्रतिवेदन, महासचिव लुमाकान्त पुनले विधान र सङ्गठनात्मक रिपोर्ट तथा कोषाध्यक्ष शक्तमान बुढाथोकीले आयव्यय रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

भेलाले शक्तमान बुढाथोकी (हङकङ) अध्यक्ष रहनुभएको २९ पूर्ण सदस्य र ९ सल्लाहकारसहितको ३८ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षहरूमा तोयनाथ कँडेल (बेल्जियम) प्रेम पौडेल (भारत), हेमलाल गौतम (जापान), महासचिवमा लुमाकान्त पुन (कतार), सचिवमा छविबहादुर बस्नेत (ओमन) र कोषाध्यक्षमा अर्जुन सुनार (बेलायत) रहनुभएको छ ।
त्यस्तै, केन्द्रीय सदस्यहरू ठाकुर खनाल (भारत), राजकुमार धिताल (सउदी अरब), खुम रायमाझी (कुवेत), शालिकराम सापकोटा (जापान), दीपक परियार (अमेरिका), गोपाल सापकोटा (जापान), देवनारायण पोख्रेल (बहराइन), देवेन थापा (आयरल्यान्ड), विष्णु पुन (दक्षिण कोरिया), जीवलाल शर्मा (दक्षिण कोरिया), अमर छन्त्याल (आयरल्यान्ड), दिनेश थापा (युएई), प्रकाश थापामगर (नेपाल), रेशम कँडेल (अमेरिका), अर्जुन उपाध्याय (युएई), अमृता राना थापा (हङकङ), धनबहादुर केसी (स्कटल्यान्ड), राजेश छन्त्याल (पोर्चुगल), धु्रव गौतम (डेनमार्क), ज्ञानेश्वर सापकोटा (लक्जमबर्ग), केशव खनाल (मलेसिया) र खिम बुढा (कतार) रहनुभएको छ ।

एवम् प्रकार भेलाले दुर्गा केसी (नेपाल), लेखत कुँवर (दक्षिण कोरिया), विन्दु खड्का (साइप्रस), धनवीर पुन (भारत), तेजेन्द्र क्षेत्री (जापान), निशा शर्मा (बेलायत), ढुण्डिराज चुँदाली (रुस), पृथ्वी भट्ट (अस्ट्रेलिया) र तारानाथ पोख्रेल (रोमानिया) लाई सल्लाहकारमा चयन गरेको छ ।
भेलामा नवनिर्वाचित अध्यक्ष शक्तमान बुढाथोकीले शपथ लिनुभएको थियो भने राजमो नेता आनन्द शर्माले बधाई ज्ञापन गर्नुभएको थियो ।
दुर्गाबहादुर केसीको अध्यक्षता तथा ठाकुर खनालको सञ्चालनमा अघि बढेको भेलामा स्वागत शक्तमान बुढाथोकीले गर्नुभएको थियो ।














